+
+
Shares

नेकपा नेताहरुको सम्पत्ति छानबिन गर्ने जिम्मा अनुशासन आयोगलाई

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १९ गते १६:२९

१९ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेताहरुको सम्पत्तिको जिम्मा अनुशासन आयोगलाई दिने भएको छ ।

केन्द्रीय कमिटी बैठकमा नेताहरुले सम्पत्ति छानबिन आयोग गठनको माग गरेका थिए । बैठकमा उठेका प्रश्नहरुको आइतबार जवाफ दिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनुशासन आयोगले नै सम्पत्ति छानबिन तथा अनुशासन पालना गराउने बताए ।

सम्पत्ति छानबिनको काम सबैभन्दा पहिले सचिवालय सदस्यहरुबाटै गर्ने केन्द्रीय सदस्य ठाकुर गैरेले प्रचण्डलाई उधृत गर्दै बताए ।

केन्द्रीय सचिवालयको संख्या ९ बाट बढाउनुपर्ने माग भने सुनुवाई भएन । यसबारेमा सचिवालयले नै निर्णय गर्ने गैरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?