 
																			२० माघ, जनकपुरधाम । धनुषामा नदी र खोलामा उत्खनन् गर्न रोक लगाइए पनि रोकिएको छैन । अहिले पनि प्रशासनको आँखा छलेर बलजफ्ती बालुवा, गिट्टी उत्खनन् भैरहेको छ ।
रातिको समयमा बालुवा, गिट्टी निकालिरहेको अवस्थामा प्रहरीले धुनुषामा चारवटा टिपर र एक स्काभेटरसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको टोलीले आइतबार मध्यराति कमला खोला दोहन गरिररहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालयका इन्जार्च प्रहरी निरीक्षक तीर्थ कार्कीले धनुषा र सिरहा जिल्लाको सीमा भएर बग्ने कमला खोलाको दक्षिणतर्फ उत्खनन् गरिररहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
बा१ख २९३९, बा३खा ७६००, ना२ख २८४ र ना२क २७८ नम्बरको टिपर र बा२का २९८७ नम्बरको स्काभेटर नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने व्यक्तिहरु टिपर र स्काभेटरका चालक हुन् ।
यी टिपर र स्काभेटर जनकपुरधाम १४ मुजेलियास्थित उपेन्ऽ साहले संचालन गरेको मिथिला कन्ट्रक्सनको रहेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक कार्कीले रातिको समयमा उत्खनन् गर्न जिल्ला समन्वय समितिले बनाएको नियम विपरीत उत्खनन् गरिरहेकाले नियन्त्रणमा लिएको बताए ।
उनका अनुसार टिपर, स्काभेटरसहित मान्छेलाई पनि आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समितिमा बुझाइएको छ । ‘अबको कारबाही समन्वय समितिले गर्छ,’ उनले भने, ‘जरिमाना तोक्ने कि मुद्दा चलाउने या त्यसै छोड्ने काम समन्वय समितिको हो ।’
रातिको समयमा भइरहेको उत्खनन् रोक्न जाँदा गत पुस २५ गते धनुषाको मिथिला नगरपालिका ५ का दिलीप महतोको टिपरले किचेर ज्यान लिएपछि धनुषा समन्वय समितिले दिउँसो मात्रै बालुवा, गिट्टी झिक्ने गरी नियम बनाएको छ ।
 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4