Comments Add Comment

बालबालिकालाई धार्मिक सहिष्णुता कसरी सिकाउने ?

बालबालिकाले हरेक धर्मको सम्मान गर्नु आवश्यक छ । यसका लागि आवश्यक शिक्षा घरबाट नै शुरुवात गर्नु पर्छ ।

धर्मको चर्चा गर्दा आफ्ना बालबालिकाहरुबाट धेरै भन्दा धेरै प्रश्नहरुको अपेक्षा गर्नु पर्छ । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने भावुक र उत्तेजित नभइकन शान्त र संयोजित रुपमा हरेक प्रश्नको जवाफ दिनु पर्छ । बालबालिकाको प्रश्नले नै उनीहरुलाई धर्मको बारेमा सही जानकारी दिन्छ भन्ने कुरा ध्यान दिनु पर्छ ।

आफ्ना बालबालिकाले प्रश्न सोधे भने अब तिमी यो प्रश्न नसोध है भन्ने जस्ता कुराहरु कहिले पनि गर्नु हुँदैन । किनभने उनीहरुको विचारमा तपाईंले सम्झाउन नसकेको कुरा नै उनीहरुलाई नसोध्न भन्नु भएको भन्ने हुन्छ ।

असहिष्णुता सहनु हुँदैन

बालबालिकाले सबै धर्मका मानिसहरुको सम्मान गर्न सिक्नु पर्छ, किनभने संसारको अस्तित्वका लागि सबै कुरा आवश्यक छ भन्ने कुरा उनीहरुले बुझ्नु आवश्यक छ । तर यसको अर्थ अनैतिक र घृणाले भरिएको व्यवहार र कथनहरुलाई सहनु पर्छ भन्ने होइन । तपाइर्ंले यी दुई कुराहरुबीचको अन्तर सम्झाउनु तपाइर्ंको जिम्मेवारी हो । धार्मिक मान्यताहरुलाई असल मानिसहरु विरुद्ध मान्नु हुँदैन भन्ने कुरा सम्झाउनु पर्छ । जुन मानिसहरु स्वार्थी छन,उनीहरुलाई धर्मसंग केहि लिनुदिनु हुँदैन ।

आफुले बोलेका हरेक शब्दहरुमा ध्यान दिनुहोस्

तपाईंले बोलेका हरेक शब्द र क्रियाकलाप बालबालिकाको मस्तिष्कमा सञ्चित हुन्छ । बालबालिकाले टेलिभिजन हेर्दा उनीहरुको ध्यान केवल टिभीमा मात्र हुन्छ भन्ने तपाईं सोच्नु हुन्छ । तर उसले तपाईंले बोलेका र गरेका हरेक क्रियाकलापलाई ध्यान दिइरहेको हुन्छ । यदि तपाइर्ंले कुनै अर्को धर्मको अपमान गर्नु भयो भने उसले पनि त्यहि सिक्छ ।

बालबालिकाहरु कुराकानीबाट अनुभव ग्रहण गर्न अति नै तेजिला हुन्छन् । उनीहरुलाई विगतका त्यस्ता सबै घटनाहरु सम्झना हुन्छ जुन सायदै तपाईंलाई सम्झना नहोला । कहिलेकाहिं तपाईंले आफ्ना बच्चाहरुको गल्ति सुधार्नु भयो भने उनीहरु तपाईंले पनि पहिला यस्तो गल्ति गर्नु भएको थियो भन्न सक्छन् । त्यो समयमा तपाईंसंग कुनै जवाफ हुँदैन । यो समयमा तपाईंले कुरा टार्नु बाहेक अरु कुनै उपाय नै हुँदैन ।

बालबालिकालाई नै छनौट गर्न दिनु पर्छ

आफ्ना बालबालिकालाई मानिसहरुले आफ्नो धार्मिक मान्यताहरु अनुसार नै चल्नु सही हो भन्ने सिकाउनु हुन्छ । त्यस्तै तपाईंको बच्चाले पनि आफ्नो धार्मिक मान्यता मानोस् भन्ने पनि चाहनु हुन्छ, अन्यथा तपाईंका कुराहरु उनीहरुलाई निरर्थक लाग्न सक्छ । उनीहरुको मार्गदर्शन गर्नु पर्छ ।

उनीहरुलाई रुढिवादी सिद्धान्तहरु र स्वचछन्द विचारहरुका बीचको अन्तर सम्झाउनु पर्छ । उनीहरुलाई नीति र सिद्धान्तहरुको शिक्षा दिनु पर्छ र उनीहरुलाई यहिंबाट सिक्न पनि दिनुहोस् । उनीहरुलाई आफुले चाहेको मानिसमा विश्वास गर्ने स्वतन्त्रता छ भन्ने कुरा महसुस हुन दिनु पर्छ । यदि उनीहरुले धर्मसंग कुनै किसिमको प्रयोग गर्न चाहन्छन् भने उनीहरुको सहायता गर्नु पर्छ । किनभने यीनै कुराहरुले उनीहरु ठुलो भएर खुशी र दयालु प्रवृत्तिको बन्छन् भन्ने मान्यता राख्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment