Comments Add Comment

नेपालमै बनेका ह्वीलचियर निशुल्क वितरण

२० माघ, काठमाडौं । अपाङ्गता भएका व्यक्तिका लागि स्वावलम्वन जीवन पद्दति केन्द्रको आयोजनामा नेपालमै बनेका आल्मुनियमका १० वटा ह्वीलचियर वितरण भएको छ ।

नेपाल बंगलादेश बैंकको आर्थिक सहयोगमा सोमबार १० वटा ह्वीलचियर एक समारोहका बीच वितरण गरिएको हो ।

विगतका केही वर्षयता महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले आर्थिक सहयोग गरिरहेको थियो । देश संघीयतामा गएपछि मन्त्रालयबाट बजेट कटौटी भएकाले २ बर्षदेखि संस्थाले नेपाल बंगलादेश बैंकको सहयोगमा ह्वीलचियर निर्माण गरिरहेको संस्थाका अध्यक्ष टेकबहादुर गुरुङले बताए ।

विदेशबाट ल्याइएका फलामका गह्रुंगा ह्वीलचियरको सट्टामा नेपालमै बनेका हलुका (१० किलो तौल भएका) ह्वीलचियर निर्माण गरी वितरण गरिएको संस्थाका अध्यक्ष टेकबहादुर गुरूङले बताए ।

ह्वीलचियर वितरण कार्यक्रममा नेपाल बंगलादेश बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठले बैंकले आफ्नो सामाजिक दायित्व अन्तर्गत सहयोग गरेको बताए ।

त्यस्तै, कार्यक्रममा बालाजु स्कुल अफ इन्जिनियरिङका सहायक प्रिन्सिपल शंकरमान श्रेष्ठले संस्थाको अनुरोधलाई स्वीकार्दै वर्कशप स्थापनामा सहयोग गरेको बताए ।

संस्थाले बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीको हाताभित्र ह्वीलचियर निर्माणका लागि वर्कशप स्थापना गरेको छ । संस्थाले हालसम्म लगभग २ सय वटा ह्वीलचियर बनाएर निशुल्क वितरण गरेको गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment