
२१ माघ, धनगढी । अछाममा एक वडाध्यक्ष मृत भेटिएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, अछामले घटनाको पुष्टि गर्दै वडाध्यक्ष धामीको शव मंगलबार बिहान भेटिएको जनाएको छ ।
वडाध्यक्ष धामीको हत्या भएको आशंका आफन्त र स्थानीयले गरेका छन् । प्रहरीले भने घटनाबारे थप अनुसन्धान भइरहेकाले अहिले नै यकिन गर्न नसकिने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4