+
+

कृषि विकास बैंकले कमायो १ अर्ब ५८ करोड

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २१ गते १२:३०

२१ माघ, काठमाडौं । कृषि विकास बैंकले १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । चालु आर्थिक वर्ष २०७६/७७ को ६ महिनामा बैंकले उक्त मूनाफा आर्जन गरेको हो ।

गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब २८ करोड ८० लाख खुद नाफा कमाएको थियो । बैंकका अन्य सूचकहरु पनि राम्रै देखिएका छन् । बैंकले निस्कृय कर्जा घटाएको छ ।

यस अवधिमा बैंकले १ खर्ब २७ अर्ब २१ करोड निक्षेप सङ्कलन गरी १ खर्ब १५ अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको ब्याज आम्दानी भने घटेको छ । बैंकको ब्याज आम्दानीमा ३२ करोड ३३ लाख रुपैयाँले कमी आएर ३ अर्ब १७ करोड १६ लाख रुपैयाँ सिमित भएको छ ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ४.५० प्रतिशतबाट घटेर ३.९१ प्रतिशतमा झरेको छ ।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार भएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २४ रुपैयाँ ९६ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा ६ रुपैयाँ ५१ पैसा बढेर ३१ रुपैयाँ ४७ पैसा कायम भएको छ । बैंकको मूल्य आम्दानी अनुपात १२.०१ गुणा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?