Comments Add Comment

कोरोना पीडितको शरीरमा देखिन्छ यस्तो परिवर्तन

कोरोना भाइरसको संंक्रमणसंग डाक्टरहरुको लडाई कुनै अपरिचित शत्रुविरुद्ध युद्ध गरिरहेको जस्तो भएको छ । यसले तपाईंको शरीरमा कस्तो प्रकारले हमला गर्छ ? संक्रमणपछि मानिसको शरीरमा कस्तो प्रकारको लक्षण देखिन्छ ? कस्तो प्रकारको मानिस यसको प्रकोपले गम्भीर रुप बिरामी हुन्छ अथवा कस्ता मानिसहरुको यो भाइरसको कारण मृत्यु हुने सम्भावना हुन्छ ? तपाईं यसको उपचार कसरी गर्नु हुन्छ ?

चीनको वुहान शहरको जिन्यिन्तान हस्पिटलमा कोरोना भाइरसको महामारीको उपचार गरिरहेका डाक्टर टीमले अब यी प्रश्नहरुको जबाफ दिन थालेका छन् ।

कोरोना भाइरसबाट संक्रमित भएका पहिलो ९९ बिरामीहरुको उपचारको विस्तृत व्यहोरा लन्सेट मेडिकल जर्नलले प्रकाशित गरिेको छ ।

फोक्सोसंग सम्बन्धित समस्या

वुहानको जिन्यिन्तान हस्पिटलमा जुन ९९ बिरामीहरुलाई ल्याइएको थियो, उनीहरुमा निमोनियाको लक्षण देखिएको थियो । यी बिरामीहरुको फोक्सोमा समस्या थियो र फोक्सोको त्यो ठाउँ, जहाँबाट अक्सिजन रगतमा प्रवाह हुन्थ्यो, त्यो ठाउँमा पानी भरिएको थियो ।

अन्य लक्षणहरु

-ती मध्य ८२ जना लाई ज्वरो आएको थियो ।

-८१ जनालाईं खोकि लागेको थियो ।

-३१ जना सास सम्बन्धि समस्यासंग लडिरहेका थिए ।

-११ जनालाई मांशपेशिहरु दुख्ने समस्या थियो ।

-८ जनालाई टाउको दुख्ने समस्या थियो ।

-५ जना मानिसलाई घाटिमा फोका उत्पन्न हुने समस्या थियो ।

कोरोना भाइरसबाट शुरुमा मृत्यु हुने घटनाहरु 

कोरोना भाइरसको संक्रमणबाट शुरुमा जुन दुई जनाको मृत्यु भयो । उनीहरु हेर्दा स्वास्थ्य नै देखिन्थे । उनीहरुको लामो समयदेखि धुम्रपान गर्ने बानी थियो, त्यसकारणले उनीहरुको फोक्सो कमजोर भएको हुन सक्छ ।

६१ वर्षका जुन व्यक्तिलाई अस्पताल ल्याइएको थियो, उनी नराम्रोसंग निमोनिया रोगबाट ग्रस्त थिए । उनलाई सास फेर्न अति नै गाह्रो भएको थियो । उनको फोक्सोले एउटा मानिसलाई बाच्नका लागि आवश्यक पर्ने अक्सिजनको सप्लाई गर्न सकेको थिएन । भेन्टिलेटरमा राख्दा पनि ती व्यक्तिको फोक्सोले काम गर्न सकेन र उनको मुटुले पनि काम गर्न छाडिसकेको थियो ।

त्यस्तै अर्को बिरामी ६९ बर्षका थिए र उसलाई पनि सास फेर्न गाह्रो भएको थियो । उसलाई कृत्रिम रुपले अक्सिजन दिने कोशिश गरिएको थियो तर त्यो सफल हुन सकेन । निमोनियाले त्यो समयमा उसको ज्यान लियो जब उनको ब्लडप्रेशर पूर्ण रुपले लो भएको थियो ।

कम्तिमा पनि १० जनाको मृत्यु

जनवरी २५ सम्म ९९ जनाको यो भाइरसको कारण मृत्यु भएको थियो । त्यो तारीखसम्म ५७ जना मानिसहरु अस्पतालमा थिए । ३१ जनालाई अस्पातलले छुट्टी दिएको थियो । ११ जना मानिसको मृत्यु भयो । तर यसको अर्थ कोरोना भाइरसबाट ११ प्रतिशत मानिस मरे भन्ने होइन ।

मार्केट स्टाफ

वुहानको हुआनान सीफूड मार्केटमा पाइने समुद्री जीवहरु कोरोना भाइरसको कारण मानिन्छ । वुहानको जिन्यिन्तान हस्पिटलमा ल्याइएका ९९ जना मानिसहरु मध्ये ४९ जना मानिसहरु यो सीफूड मार्केटसंग सम्बन्धित थिए । ४७ जना मानिस हुआनान सीफूड मार्केटमा म्यानेजरको रुपमा काम गरिरहेका थिए अथवा त्यहाँ पसल सञ्चालन गर्दै आएका थिए । यो भाइरसबाट संक्रमण भएका दुई व्यक्ति मात्र त्यस्ता थिए, जो त्यहाँ खरिददारीका लागि आएका थिए ।

वयस्कहरु धेरै प्रभावित

कोरोना भाइरसबाट संक्रमित शुरुका ९९ बिरामी मध्ये धेरैजसो वयस्कहरु थिए । उनीहरु मध्ये ६७ जना पुरुष थिए र उनीहरुको औसत उमेर ५६ बर्षको थियो । कोरोना भाइरसको ताजा तथ्यांकबाट महिला र पुरुषहरुबीच धेरै भिन्नता नभएको संकेत प्राप्त भएको छ ।

चीनको सेन्टर फर डिजीज कन्ट्रोल एण्ड पि्रभेन्शनका अनुसार ६ पुरुषहरुको तुलनामा ५ महिलाहरुलाई त्यसको संक्रमण भएको पाइन्छ ।

यो अन्तरको व्याख्या गर्न सकिन्छ । पुरुषलाई कोरोना संक्रमणका कारण गम्भीर रुपमा बिरामी हुन सक्छन् र अस्पताल भर्ना गराउन पर्ने पनि हुन सक्छ । सामाजिक र सांस्कृतिक कारण यो भाइरसको संक्रमण हुने खतरा बढि पुरुषहरुमा हुुन्छ ।

जिन्यिन्तान हस्पिटलका डाक्टर ली झांग भन्छन्-‘,कोरोना भाइरसको संक्रमण हुने सम्भावना महिलाहरुमा कम हुन्छ । किनभने महिलाहरुमा एक्स क्रोमोजोम र सेक्स हार्मोनका कारण धेरै प्रतिरोधक क्षमता हुन्छ ।’

जुन मानिसहरु शुरुबाट नै विभिन्न रोगहरुका शिकार थिए

९९ जना बिरामीहरु मध्ये धेरै जसो मानिसहरु पहिलाबाट नै कुनै न कुनै रोगहरुबाट ग्रसित थिए । त्यसैले सजिलै कोरोना भाइरस उनीहरुमा संक्रमण भयो । डाक्टरहरु यसलाई कमजोर प्रतिरोधक क्षमताको नतिजा हो भनिरहेका छन् । ४० जना बिरामीहरुको मुटु कमजोर थियो अथवा उनीहरु रक्त सञ्चारमा समस्या थियो । उनीहरुलाई हृदय रोग थियो । पहिला पनि हृदयघात भैसकेको थियो । १२ जना मानिसहरुलाई मधुमेहको समस्या थियो ।

वीवीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment