Comments Add Comment

१० महिनामा के-के गरे वैदेशिक रोजगार विभागमा भुसालले ?

२१ माघ, काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसाल सरुवा भएका छन् । उनले विभागमा आफ्नो करिब १० महिने अवधिमा भएका विभिन्न कामले भविष्यमा कामदारहरु ठगिने अवस्था अन्त्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका भुसालले विभागमा आएर सम्पादन गरिएका विभिन्न कामहरुमा सबैको सहयोग रहेको भन्दै धन्यवाद दिएका छन् । लगातार म्यानपावर कम्पनीहरुको प्रभावमा रहेको मानिने विभागलाई जनउत्तरदायी र पीडितको भरोसाको केन्द्र बनाउन भुसालको १० महिने कार्यकाल महत्वपूर्ण भएको विभागकै कर्मचारीले पनि बताएका छन् ।

वैदेशिक रोजगारीमा रहेका बेथितीलाई समाप्त गर्ने सरकारी अभियानमा विभागले १० महिनाका बीचमा सक्दो काम गरेको भुसाल बताउँछन् ।

म्यानपावरहरुको अनुगमन ह्वात्तै बढाएका भुसालले विभागलाई यो अवधिमा पूर्ण रुपमा अटोमेसनमा लगेका थिए। सबै खालका प्रक्रियालाई अनलाइनमा लगेको विभागले ठगी र अन्यायमा परेका प्राप्त हुने उजुरीहरुको पनि पनि फर्स्योटको गति बढाएको छ ।

विभागले हालै प्रहरीमा पनि वैदेशिक रोजगारीको उजुरी दर्ता गर्न सकिने व्यवस्था पनि गरेको छ । विभागको सक्रियता बढेपनि म्यानपावर कम्पनीहरुले कामदारहरुसँग कानून विपरित महंगो शुल्क लिन र अवैध रुपमा विदेश लैजान भने अझै छाडेका छैनन् ।

त्यसलाई रोक्न सरकारले वैदेशिक रोजगार ऐन नै नयाँ ल्याउने तयारी गरिरहेको भुसालले बताए । पुरानो ऐन कमजोर भएकाले ठगी रोक्न विभागलाई सहज अवस्था नभएको भुसालको तर्क छ ।

१० महिनामा भएका कामको विवरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment