Comments Add Comment

आयुष्मान भन्छन्–‘फरक बिषयबाट समाजमा परिवर्तन ल्याउन चाहन्छु’

बलिउड नायक आयुष्मान खुरानाका चलचित्रले बक्स अफिसमा धमका मच्चाइरहेका छन् । आयुष्मान अभिनित चलचित्रका बिषयवस्तु पनि फरक छन् । यसैले पनि पछिल्ला केही बर्षमा आयुष्मानको क्रेज बलिउडमा ह्वात्तै बढेको छ ।

उनै, आयुष्मानले फरक चलचित्रमा काम गरेर समाजमा परिवर्तन ल्याउन चाहेको बताएका छन् । उनले भने–‘चलचित्र एउटा सशक्त माध्यम हो, जसले मानिसहरुलाई प्रभावित गर्न र समाजमा सकारात्मक प्रतिक्रिया ल्याउन महत्वपूर्ण भूमिका खेल्दछ ।’

आयुष्मानले, बलिउडले खासै नउठाएका बिषयमा चलचित्रमा काम गरेर आफूले समाजमा परिवर्तन ल्याउन चाहेको भन्दै अगाडि भने–‘म चाहन्छु, यस्ता बिषयहरुमा परिवारभित्र कुरा होस् । मानिसहरु ती बिषय र त्यस्ता व्यक्तिको बिषयमा सोच्न वाध्य होउन् ।’

आयुष्मानले, आफूले चलचित्रको माध्यमबाट उठाएका बिषयहरुलाई समाज, देश र मानिसले खासै वास्ता नगरेको पनि बताए । तर, यी बिषयहरु चलचित्रमा उठाउँदा समाजमा कुरा हुन थालेको भन्दै उनले खुशी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment