Comments Add Comment

‘पशुपति प्रसाद’पछि दीपेन्द्रको ‘आमा’को प्रतिक्षा

फागुणको ९ गतेबाट चलचित्र ‘आमा’ रिलिज हुँदैछ । शर्मिला पाण्डेको निर्माणमा तयार भएको यो चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । चलचित्रमा मिथिला शर्मा शिर्ष भूमिकामा छिन् भने छोरीको भूमिकामा नायिका सुरक्षा पन्तले काम गरेकी छिन् । चलचित्र ‘आमा’को ट्रेलरले दर्शकमा एक प्रकारको तरंग पैदा गरिसकेको छ ।

यो चलचित्रको व्यापार राम्रो हुनका लागि वर्ड अफ माउथमा भर पर्नुपर्छ । किनकी, यसमा नाम चलेका स्टार कलाकार छैनन् । मिथिला शर्मा र सुरक्षा पन्तको अभिनयले दर्शकलाई छुने विश्वास गर्न सकिन्छ । ट्रेलरले यसको झलक दिइसकेको छ । तर, हलसम्म पुगिसकेपछि मात्र दर्शकले यसको महशुश गर्न पाउनेछन् ।

चलचित्रमाथि भरोसा हुनुको मुख्यकारण, यसका निर्देशक खनाल हुन् । उनले निर्देशन गरेको चलचित्र ‘पशुपति प्रसाद’ले दर्शकमा उनीमाथि भरोसा गर्ने बलियो आधार खडा गरिदिएको छ । यसपछि, दीपेन्द्रले केहि कमर्सियल चलचित्र निर्देशन गर्ने सुर गर्दा लय विगारेका थिए । अहिले, उनी ‘आमा’बाट सोही लयमा फर्किएका छन् ।

दीपेन्द्र आफैले पनि चलचित्र ‘पशुपति प्रसाद’ हेरेर तृप्त बनेका दर्शकका लागि ‘आमा’ अर्को मन छुने चलचित्र हुने बताइसकेका छन् । यसैले पनि ‘आमा’को कथा र दीपेन्द्रको निर्देशनमाथि भरोसा गर्ने आधार छ ।

नेपाली चलचित्रले आफ्नै कथा भन्न सकेको छैन । ‘आमा’को कथामा दर्शकले आफ्नोपन पाउने विश्वास गरिएको छ । चलचित्र ‘आमा’ निर्देशक खनालका लागि चुनौती र अवसर दुबै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment