+
+
Shares

बाजुरामा भाइरल ज्वरोका कारण दुई जनाको मृत्यु, सिङ्गो गाउँ प्रभावित   

रासस रासस
२०७६ माघ २२ गते १९:१२

२२ माघ, मार्तडी । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिकामा भाइरल ज्वरोले दुई जनाको मृत्यु भएको छ । गाउँपालिका–१ साप्पाटा जोरुका ५५ वर्षीया मिमा कडारा र ७० वर्षीय दलबहादुर रावलको ज्वरोले मंगलबार मृत्यु भएको वडाध्यक्ष जनकबहादुर रोकायाले जानकारी दिए ।

घरका पाँच जना बिरामी परेका मध्ये कडराको मृत्यु भएको र प्रभावित क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मी परिचालन गरिएको साप्पाटा स्वास्थ्य चौकी प्रमुख वृज विकले जानकारी दिए । ज्वरो प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी खटिएका वडाध्यक्ष रोकायाले बताए । उनका अनुसार वडा नं १ को सिङ्गो गाउँ ज्वरोले प्रभावित बनेको छ ।

स्वामीकार्तिक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भक्त कैलाले औषधि लिएर स्वास्थ्यकर्मीको टोली पठाइएको बताए । अत्याधिक चिसोका कारण रुघाखोकी, ज्वरोलगायतका बिरामी परेका उनले जानकारी दिए । हिमाली गाउँपालिका–६ घुलाचौर ज्वरोले प्रभावित बनेको थियो । जिल्ला अस्पतालका चिकित्सक राजुराज जैसी सो क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरिएको जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?