+
+
Shares

चीनमा ३० घन्टाका नवजात शिशुमा देखियो कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २३ गते १४:४०

२३ माघ, काठमाडौं । चीनको वुहानमा एक नवजात शिशुलाई कोरानो भाइरस संक्रमण भएको पुष्टि भएको छ । उनी कोरानोबाट संक्रमित हुने सबैभन्दा कम उमेरका व्यक्ति भएको चिनियाँ सञ्चार मध्यमले जनाएको छ ।

हुबे प्रान्तको वुहानमा कोरोना भाइरस संक्रमण भएकी आमाले मंगलबार शिशुलाई जन्म दिएकी थिइन् । बच्चालाई जन्मिएको ३० घन्टामा नै कोरोना संक्रमण भएको पाइएको थियो । तर उनलाई गर्भावस्थामै भाइरस सरेको हो वा जन्मिएपछि सरेको हो भन्ने प्रष्ट भएको छैन ।

चिकित्सकहरुले भने गर्भमा नै उनलाई संक्रमण भएको हुनसक्ने आशंका गरेका छन् ।

३.३५ किलो तौल भएका शिशु चिकित्सकको निगरानीमा छन् र उनको अवस्था स्थीर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?