Comments Add Comment

एपीएफलाई हराउँदै आर्मी शीर्ष स्थानमा फर्कियो

२३ माघ, काठमाडौं । सन्तोष तामाङको दुई गोल मद्दतमा त्रिभुवन आर्मी एपीएफलाई पराजित गर्द शहीद स्माकर ए डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ ।

विभागीय डर्बीमा बिहीबार एपीएफलाई २-१ ले पारजित गर्दै आर्मी केही घण्टा पछि नै शीर्ष स्थानमा फर्किएको हो । बिहीबारै मछिन्द्र सरस्वतीलाई ६-१ ले पारजित गर्दै केही समयको लागि शीर्ष स्थानमा उक्लिएको थियो ।

एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीका लागि सन्तोष तामाङले दुवै हाफमा एक-एक गोल गरे । एपीएफका लागि आशिष लामाले एक गोल फर्काए ।

जीतपछि ११ खेलबाट २६ अंङ्क जोडेको आर्मी मछिन्द्रलाई १ अंकले पछि पार्दै शीर्ष स्थानको उक्लेको हो । समान खेलबाट २५ अंकसहित मछिन्द्र दोस्रो स्थानमा छ । लिगमा अब दुवै टोलीको समान २ खेल बाँकी छ । अन्तिम चरणमा आर्मी र मछिन्द्र नै खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment