+
+
Shares

उपाधिका लागि बारा र सप्तरी भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २३ गते १९:१४

२३ माघ, वीरगञ्ज । वीरगञ्जमा जारी प्रदेश २ स्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि बारा र सप्तरी भिड्ने भएका छन् ।

वीरगञ्जको आदर्शनगरस्थित रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा धनुषालाई टाइब्रेकरमा ४–१ गोल अन्तरले पराजित गर्दै बारा जिल्ला फुटबल संघले उपाधि भिडन्त पक्का गरेको हो ।

निर्धारित समयसम्म दुवै टिमबाट गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरमा गरिएको थियो । उपाधिका लागि शनिबार यी दुई टिमबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?