Comments Add Comment

तपस्वी बमजनविरुद्ध पक्राउ पूर्जी, सिन्धुलीको आश्रममा पुग्यो प्रहरी

रामबहादुर बमजनको आश्रममा प्रहरी टोली । फाइल फोटो

२४ माघ, सिन्धुली । तपस्वी रामबहादुर बमजनविरुद्ध पक्राउ पूर्जी जारी भएपछि प्रहरी टोली उनलाई खोज्दै सिन्धुलीको आश्रममा पुगेको छ। तपस्वी  बम्जनमाथि  आनी र अनुयायीलाई वेपत्ता पारेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् डिएसपी श्यामबहादुर खत्रीले आफूहरु जंगलको बीचमा रहेको बमजनको आश्रममा आएको बताए । खत्रीले भने, ‘हामीहरु आश्रममा आएका छौं, तर उनलाई (बमजन)लाई फेला पारेका छैनौं ।’

जिल्ला अदालत सर्लाहीले बमजनलाई पक्राउ गर्न प्रहरीलाई बिहीबार अनुमति दिएको थियो । बमजनविरुद्ध पक्राउ पूर्जी जारी भएको यो पहिलो पटक हो ।

बमजनमाथि आश्रमबाटै आनी र अनुयायीहरु वेपत्ता पारेको आरोप लागेको छ । सर्लाहीकी रिता वोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फूलमाया रूम्बा, सुरेश आलेमगर र सञ्चमान वाइवा बेपत्ता रहेको स्थानीयको भनाइ छ । व्यक्ति वेपत्ताको सूचना पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

यसअघि गत वर्ष पुसमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले इन्द्रावती गाउँपालिका-६ स्थित आश्रममा पनि छापा मारेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment