+
+

चीनलाई नेपालले दियो एक लाख मास्क

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २४ गते १३:३०

२४ माघ, काठमाडौं । नेपालले कोरोना भाइरससँग जुधिरहेको चीनलाई एक लाख थान मास्क सहयोग गरेको छ ।

मन्त्रिपरिषदको निर्णयअनुसार शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चिनियाँ राजदूत होउ यान्छीलाई मास्क हस्तान्तरण गरेका हुन् ।

कोरोना भाइरससँग लडिरहेको चीनलाई साथ दिन मास्क सहयोग गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयमा आयोजित सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउले कोरोना भाइरसको संक्रमणमा नेपाललगायत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र एकता चीनका लागि महत्वपूर्ण भएको बताइन् । उनले यसबाट चिनियाँ नागरिक र नेतृत्वलाई थप ऊर्जा मिलेको पनि बताइन् ।

निमोनियाको लक्षण जस्तै देखिने र सार्ससँग मिल्दोजुल्दो कोरोना भाइरसको कारण चीनमा पाँच सय ६० जनाभन्दा बढीको मृत्यु भइसकेको बताइन्छ । सरकारी तथ्यांकअनुसार २८ हजारभन्दा बढी मानिस यस भाइरसबाट संक्रमित छन् ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सबैभन्दा पहिले चेतावनी दिने डाक्टर ली वेनलियाङ्गको पनि कोरोना भाइरसकै कारण मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?