Comments Add Comment

‘सेल्फी किङ्ग’मा ‘अर्जुन रेड्डी’को समचार, निर्देशकले नै लेखे आर्यनको नाम !

शुक्रबारबाट चलचित्र ‘सेल्फी किङ्ग’ प्रदर्शनमा आएको छ । चलचित्र सुरु हुन साथ टिभीमा सेल्फी किङ्ग बनेका विपिन कार्कीको सिरियल बज्न सुरु गर्छ । बुबा-आमा छोराको कार्यक्रम हेर्न मै मस्त छन् ।

सोही कार्यक्रम बज्दै गर्दा टिभीमा एउटा समचार पनि आइरहेको हुन्छ । जुन समचार ‘आर्जुन रेड्डी’ चलचित्रको नेपाली रिमेक बन्ने बिषयमा हुन्छ । सेल्फी किङ्ग निर्देशक विशाल सापकोटाले नै रिमेक चलचित्रलाई निर्देशन गर्न लागेको भएर यसलाई सामान्य रुपमा नै लिन सकिन्छ ।

तर, समचारको अन्त्यमा लेखिएको छ, ‘…रिमेक चलचित्रमा आर्यन सिग्देल पक्का भएका छन् ।’

केही समयदेखि चलचित्रमा आर्यन सिग्देल मुख्य भूमिकामा रहने कुरा नसुनिएको हैन् । तर, आर्यनले नै स्पष्टिकरण दिएर आफू उक्त चलचित्रमा नरहेको बताइसकेका छन् । निर्माण पक्षले भने यस विषयमा केही बोलेको थिएन ।

एक्कासी निर्देशकले नै चलचित्रमा आर्यन सिग्देल पक्का भएको लेखेपछि प्रश्न उठ्यो, ‘आर्यन पक्का हुनुभएको हो र ?’ अनलाइनखबरको यस प्रश्नमा निर्देशक विशाल सापकोटाले आर्यन पक्का नभएको बताए ।

उनले भने, ‘चलचित्रमा हामीले अहिले चर्चामा रहेको चलचित्रको समचार हाल्नु पर्ने थियो । त्यसैले अर्जुन रेड्डीको रिमेकको समचार हालेका हौँ । त्यहाँ हामीले आर्यनलाई सिधै पक्का भएका छन् भनेर लेखेका छैनौँ । हल्ला चले अनुसार भनेर अगाडि लेखेका छौँ, जसलाई दर्शकले खासै नोटिस गर्नुहुन्न ।’

अर्जुन रेड्डीको विषयमा आर्यनसँग केही कुरा नभएको विशालले पनि बताए । उनले भने, ‘अहिले म पूर्ण रुपमा सेल्फी किङ्ग कै काममा छु । त्यसैले त्यता खासै समय दिन पाएको छैन् । आर्यन जीसँग पनि कुरा भएको छैन् । हुने वा नहुने भन्ने पनि पक्का भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment