Comments Add Comment
संसदमा कांग्रेसको अवरोध कायमै :

‘निर्दोषलाई पक्रिएर सारा दोषीलाई उन्मुक्ति दिन खोजियो’

Photo Credit : चन्दबहादुर आले

२४ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही भएर मुद्दा चलाएको भन्दै दोस्रो दिन पनि संसद अवरुद्ध गरेको छ ।

शुक्रबार संसदको विशेष समय लिएर बोल्दै सांसद मीन विश्वकर्माले अख्तियार सरकारको छायाँ बनेको आरोप लगाए । आफ्ना उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाइएको उनको दाबी छ ।

हजार दोषी छुटुन् तर एउटा निर्दोष नपरुन् भन्ने न्यायको सिद्धान्त भए पनि ललिता निवास प्रकरणमा उल्टो भएको उनले बताए । सांसद मीनले भने, ‘यहाँ एउटा निर्दोषलाई पक्रिएर सारा कसुरदारलाई उन्मुक्ति दिने पद्दतीको थालनी भयो, त्यसमा कांग्रेसको गम्भीर आपत्ति छ ।’

यो पनि पढ्नुहोस विजय गच्छदारको बचाउमा हतारियो कांग्रेस

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलतर्फ समेत गर्दै उनले जग्गा फिर्ता गर्छु भनेका कारण केहीलाई उन्मुक्ति दिइएको बताए । चोरी गरेको मान्छेले चोरी गरेको सामान फिर्ता गर्छु भन्यो भने के गर्ने भन्ने प्रश्न गरे ।

उनले अघि भने, ‘यो सरकारको छायाँ बन्यो कि भनेर हिँजोसम्म शंका मात्र लागेको थियो । हिँजो सरकारका प्रवक्ताले अख्तियारको कामकारबाही पनि सरकारको उपलब्धी हो भन्नु भएछ । सरकारको नियोजित कार्यक्रमभित्र कांग्रेसका मान्छेहरुलाई थुन्ने, कांग्रेसका मान्छेहरुलाई दोष लगाउने जुन प्रपञ्च रचियो, त्यसमा राजनीतिक प्रतिशोध छ कि छैन ?’

अख्तियार सरकारको छायाँ बनेको र आफ्नालाई बोक्ने तथा विरोधीलाई ठोक्ने नीति लिएको कांग्रेसको आरोप छ ।

सांसद विश्वकर्माले बोलेलगत्तै कांग्रेस सांसदहरु आ-आफ्नो स्थानमा उभिएर संसदमा अवरोध गरेका छन् । कांग्रेसको अवरोधपछि संसद बैठक आधा घन्टाका लागि स्थगित भएको छ ।

नेपाली कांग्रेसले बिहीबारको संसद बैठक पनि अवरुद्ध गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment