Comments Add Comment

पञ्चशीलको सिद्धान्त : अहिलेको पुस्ताले कसरी अनुशरण गर्ने ?

एउटा बच्चाको अन्तिम साहाराको रुपमा रहेकी आमालाई एक्कासी रोगले च्यापेर आयो । उपचार गराउन पैसा थिएन । तैपनि गाउँलेहरुले उनलाई उपचार गराउन अस्पताल लगे । अस्पतालमा पुगेपछि उनीहरुको आर्थिक हैसियत बुझेका चिकित्सकले आफैं त्यो बच्चालाई औषधि किन्नको लागि केही पैसा दिए । त्यो पैसा लिएर औषधि किन्न गएका बालकलाई बीचैमा केही मानिसहरुले पैसा लुटेर हिँडे । ऊ रुँदै मेडिकल पुग्यो ।

मेडिकलमा उसको रोदनलाई बुझेर औषधि निःशुल्क दिने कोहीपनि थिएनन् । उसलाई आमाको ज्यान बचाउनु पर्ने थियो । तर, उसले जति बिन्ती गर्दा पनि त्यहाँ आमालाई बचाउने औषधि पाउन सकेन । फलस्वरुप उसले आफ्नी आमालाई त्यही चोरको कारण गुमाउनु पर्‍यो ।

यो बौद्ध साहित्यमा पाइने एउटा कथाको संक्षिप्त अंश हो । बौद्ध दर्शनले सिकाएको पञ्चशीलमध्येको एक शीलको व्याख्याको लागि तयार पारिएको कथा हो । हामीले घरमा सानै उमेरदेखि बाबु आमाबाट पनि कहिलै चोरी गर्नुहुन्न भनेर सिक्दै आयौं । कोही पनि त्यस्ता आमाबाबु नहोलान् जसले बच्चाहरुलाई चोरी गर्नुपर्छ भनेर सिकाए ।

तर, चोरको संख्या नियमित घटिरहनुको मुख्य कारण हो धम्कीपूर्ण रुपमा ज्ञान दिने परिपाटी । यही शीललाई फरक रुपमा प्रस्तुत गर्दा बुद्धको ज्ञान बन्न पुग्छ भने त्यही कुरालाई अर्काे रुपले प्रस्तुत गर्दा बाबुआमाले गरेको गाली बन्न पुग्छ । त्यसैले यस्ता विषयहरु प्रस्तुत गर्दा मानिसहरुमा जति सकारात्मक भाव देखिन्छ । यही विषयलाई चोरी गर्नु अपराध हो भनेर जति घोटाएपनि उसको व्यवहार परिवर्तन हुने सम्भावना देखिँदैन ।

बुद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक हो । यो ग्रन्थ भगवान बुद्धको परिनिर्वाण पश्चात उहाँका शिष्यहरुले उहाँका उपदेशहरुलाई सुत्रबद्ध गर्ने क्रममा निर्माण भएको ग्रन्थ हो । यस ग्रन्थमा उपदेशहरुलाई “सूत्र” (पालिभाषामा सुत्त)को रुपमा राखिएका छन । सूत्रहरुको संकलनलाई वर्ग (पालिमा वग्ग) र कुनै वग्गहरुलाई निकायमा (सुत्तपिटकमा) वा निकाय जस्तै प्रकारका खण्डहरुमा संग्रहित गरिएका छन् । यी निकायहरुलाई संकलन गरी तीन “पिटक” बनाइएका छन् । यी तीन पिटकको संग्रहलाई त्रिपिटक (पालिमा तिपिटक) भनिन्छ ।

बुद्ध धर्मको आधारभूत पाँच शीलहरुको संग्रह हो, पञ्चशील । त्रिपिटक अन्तर्गत् अङ्गुत्तरनिकायको अÝकादिनिपातमा रहेको दुच्चरितविपाकसुत्तमा वर्णन गरिएका यी शीलहरु अधिकांश हामीहरुको बालापनमा नै सिकेर आएका शीलहरु हुन् ।

तर, त्यो सिकाउने फरक शैलीका कारण नै हामीहरुले बौद्ध दर्शनले सिकाएको पञ्चशीललाई महत्व दिएर बालापनमा सिकेको पञ्चशीललाई बेवास्ता गर्ने गरेका छौं । अंगुत्तरनिकायमा दशकनिपातको जाणुस्सोणिवग्गोमा पनि पञ्चशीलको भाव पाइन्छ । सुत्तपिटकको खुद्दकनिकायको खुद्दकपाठमा दशसिक्खापदं भनिएको १० वटा शीलमध्ये पहिलो पाँच पञ्चशीलका शील हुन् ।

कुनैपनि बाबुआमाले अरुको हिंसा गर्नु, झुटो बोल्नु, चोरी गर्नु, व्यभिचारी बन्नु र मध्यपान गर्नु भन्ने उपदेश कहिलै पनि दिने गर्दैनन् । तर पनि मानिसहरु यही पञ्चशीलमा धेरै मानिसहरु हिँडेको पाइँदैन । यसको मुख्य कारण भनेकै यो ज्ञानहरु प्रसार गर्ने विधिमा देखिएको क्लिस्टता हो भन्ने गरिन्छ । यही ज्ञानलाई घरमा सिकाउने बेलामा यातना र त्रासदीपूर्ण बनाएर प्रस्तुत गर्ने गरिन्छ । तर, यही ज्ञानलाई पञ्चशीलको रुपमा बुद्धले फरक ढंगले प्रस्तुत गर्ने गर्छन् ।

बौद्ध दर्शनको पञ्चशीलमध्ये सबैभन्दा पहिले, शान्तिपूर्ण सहअस्तित्वलाई महत्व दिइएको छ । जसमा प्राणी हिंसाको विरोध गरिएको छ । पञ्चशील आफैंमा कसैलाई बाध्यकारी व्यवस्थाको रुपमा उल्लेख नगरिएकोले यो कुनैपनि धर्ममा अनिवार्य गरिएको छैन । तर, शान्तिपूर्ण सहअस्तित्वले कुनैपनि मानिसले प्राणी हिंशा नगरोस् भन्ने चाहना राख्छ । त्यस्तै, दोस्रो शीलको रुपमा आन्तरिक मामलामा अहस्तक्षेप, शीललाई हामीले झुटो बोल्न नहुने विषयसँग जोड्ने गरिन्छ । त्यस्तै, तेस्रो शीलको रुपमा रहेको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको सम्मानलाई मान्ने गरिन्छ । यसका अलावा चौथोमा अनाक्रमण र पाँचौं शीलमा समानता सहितको पारस्परिक लाभलाई लिने गरिन्छ ।

धेरै मानिसहरुले जन्मिएर आफ्नो बालापन गुजार्ने समयमा नै पञ्चशीलको शिक्षा सिकेको हुन्छ । केवल सिकाउने शैली फरक हुन सक्छ । तर, हामीले बालापनमा सिकेको पञ्चशीलको सिद्धान्त र बौद्ध दर्शनले सिकाउने पञ्चशीलमा कुनै फरक देखिँदैन । मात्रै हामीले घरमा सिकेको पञ्चशील र बौद्ध दर्शनमा सिकाएको पञ्चशीलको ज्ञान प्राप्त गर्ने विधि फरक पाइन्छ ।

 चार आर्य सत्य र अष्टाङगिकको अर्थ

शाक्यमुनी बुद्धले देखाएको बाटोलाई सहज मान्नेहरुले सबैभन्दा पहिले सिक्ने कुराहरु हुन्, चार आर्य सत्य, अष्टाङगिक योग मार्ग, पञ्चशीलको सिद्धान्त आदि । यी सबै दार्शनिक कुराहरु हुन्, जसको एकभन्दा धेरै अर्थ पनि लाग्ने गर्छ ।

चार आर्य सत्य

बुद्ध भन्ने नाम नभएर विशेषण शब्द हो । जो ज्ञानी छ वा जसले जानेको छ । त्यो नै बुद्ध हो । त्यसैले जसले जीवनलाई बुझेको छ । त्यो नै बुद्ध हो । त्यसैले शाक्य मुनी बुद्धभन्दा पनि पहिले धेरै बुद्धहरुले जीवनको अस्तित्व बुझिसकेका थिए । तर, उनीहरु केवल अर्हत् भए भने शाक्य मुनी बुद्धले आफूले पाएको ज्ञान प्रसार गरे । त्यसैले अर्हत् र बोधिसत्वमा फरक पाइन्छ । आफूले ज्ञान पाएपछि त्यत्तिमा सीमित हुनुलाई अर्हत् हुनु भनिन्छ भने त्यसलाई प्रसार पनि गर्नुलाई बोधिसत्व मानिन्छ ।

शाक्य मुनी बुद्धले ज्ञानपाएपछि आफ्ना शिष्यहरुलाई ४ आर्यसत्यको बारेमा बताए । जुन उनले आफ्नो कठोर तपस्याबाट प्राप्त गरेका थिए ।

१. मानिसको जीवनमा दुःख छ

यसको अर्थ हुन्छ, जरामृत्युको कारण मानिसमा दुख पैदा हुन्छ । मानिसले कुनै पनि कुरा प्राप्त गरेपछि त्यसमा आशक्ति राख्न थाल्छ, मानिस सधैं तन्नेरी हुँदा, रोगमा, मृत्युमा, पि्रयतमभन्दा टाढा हुँदा या अरु कुरामा पनि सबैमा दुःख छ । यसको अर्थ हो । सबै कुरामा दुःख छ ।

 २. दुःखको कारण छ

यी सबै दुःखहरुको कारण पनि छ । तृष्णा या चाहना दुःखको मुख्य कारण हो । तृष्णा पूरा हुन नसकेपछि त्यसैको लागि पनि मानिसले फेरि संसारमा सशरीर आउने गर्छ । त्यो नै दुःखको कारण हो । त्यसैले दुखको कारण नै तृष्णा या चाहना हो ।

३. दुःखको अन्त्य हुनसक्छ ।

यो दुःखबाट मुक्त हुन सकिन्छ । तृष्णाबाट मुक्ति पाउनु नै दुःखबाट मुक्ति पाउनु हो ।

 ४. दुःख निरोधको मार्गहरु छन् ।

बुद्धले नै तृष्णाबाट मुक्त हुनको लागि आर्य अष्टांग मार्ग देखाएका छन् । सोही अष्टाङ्ग मार्ग अन्तर्गत् निम्न विषयहरु पर्छन् ।

१. सम्यक दृष्टि : चार आर्य सत्यमा विश्वास गर्नु,

२. सम्यक संकल्प : मानसिक र नैतिक विकासको प्रतिज्ञा गर्नु

३. सम्यक वाक : हानिकारक कुरा नगर्न र झूट नबोल्नु

४. सम्यक कर्म  : हानिकारक कर्महरू नगर्नु

५. सम्यक जीविका  : कुनै पनि स्पष्टतः या अस्पष्टतः हानिकारक व्यापार नगर्नु

६. सम्यक प्रयास :  कमजोरीलाई आफै सुधार्ने कोसिस गर्नु

७. सम्यक स्मृति : स्पष्ट ज्ञानबाट देख्ने मानसिक योग्यता पाउनको कोसिस गर्नु

८. सम्यक समाधि : निर्वाण पाउनु वा स्वयंमा गायब हुनु

यी विषयहरुहरु मध्ये धेरै कुराहरु घरमा नै पारिवारिक रुपमा गर्न सकिने कामहरु हुन् । त्यसैले पञ्चशील, चार आर्यसत्य र अष्टांग मार्ग मान्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment