News Summary
Generated by OK AI. Editorially reviewed.- एसियन अटो जिमखाना च्याम्पियनसिप २०२५ को तेस्रो राउन्ड भारतको गुडगाउँमा आजदेखि सुरु भएको छ।
- नेपाल अटोमोबाइल्स एसोसिएसनको टोली जय प्रताप मास्के, रविन सुनुवार र विपासना तामाङसहित प्रतियोगितामा सहभागी छ।
- प्रतियोगिताको फाइनल नोभेम्बर २ मा गुडगाउँस्थित ट्रयाकमा हुनेछ र बाँकी राउन्ड ताइवान र उज्बेकिस्तानमा हुनेछ।
१५ कात्तिक, काठमाडौं । एसियन अटो जिमखाना च्याम्पियनसिप २०२५ को तेस्रो राउन्ड भारतको गुडगाउँमा आजदेखि सुरु भएको छ। एसिया क्षेत्रकै प्रतिष्ठित मोटरस्पोर्ट्स प्रतियोगितामा ८ देशका १२ टिम प्रतिस्पर्धामा छन्, जसमा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल)को टोली पनि सामेल छ।
नेपालका तर्फबाट जय प्रताप मास्के, रविन सुनुवार, र विपासना तामाङ प्रतिस्पर्धा गर्दै छन्। उनीहरूले मेल सोलो, मेल डबल, फिमेल सोलो र मिक्स डबलजस्ता विभिन्न वर्गमा सहभागिता जनाइरहेका छन्। टोलीका म्यानेजर नासा नेपालका सचिव आशिष रौनियार हुन्।
प्रतियोगिताको फाइनल खेल नोभेम्बर २ तारिखमा गुडगाउँस्थित ट्रयाकमा हुनेछ। यसअघि यो सिरिज काजाकिस्तान र श्रीलंकामा सम्पन्न भइसकेको छ भने बाँकी राउण्डहरू ताइवान र उज्बेकिस्तानमा हुनेछ।
नेपाली ड्राइभरहरूले पछिल्ला वर्षहरूमा एसिया प्यासिफिकका विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। गत महिना मात्र आशिष भारतीले एसिया प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण पदक जितेका थिए।
एफआईएद्वारा मान्यता प्राप्त यो खेल हाल विश्वभर लोकप्रिय बन्दै गएको छ। नासा नेपालले मोटरस्पोर्ट्स, मोटरसाइकलिङ, सिम रेसिङ, पावर बोटिङ, कार्टिङ र ड्रोन प्रतियोगिताहरू मार्फत नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने प्रयास गरिरहेको छ।
प्रतिक्रिया 4