+
+
WC Series
Won Nepal Women
133/4 (19.3)
VS
Nepal Women won by 6 wickets
Zimbabwe Women
129/6 (20)
Shares

भ्यालेन्टाइन विक : आज रोज डे

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २४ गते १४:२८

यस वर्षको भ्यालेन्टान विक आज शुक्रवारदेखि प्रारम्भ हुँदैछ । भ्यालेन्टाइन विकको पहिलो दिनलाई रोज डेको नामले मनाइन्छ ।

भ्यालेन्टाइन विक आज ७ फेबु्रअरीदेखि प्रारम्भ भएर १४ फेबु्रअरी भ्यालेन्टाइन्स डेसम्म चल्ने छ । भ्यालेन्टाइन डेको पहिलो दिन मायालु जोडीहरुले एक-अर्कालाई गुलावको फूल दिएर भ्यालेन्टाइन्स डेको शुभकामना दिन्छन् र आफ्नो प्रेमलाई व्यक्त गर्छन् । यसका साथै एक-अकर्ँसंग विशेष डेट प्लान समेत गर्छन् । आफ्नो नजिकको व्यक्तिलाई धेरै प्रकारका गुलावका फूल उपहारमा दिन्छन् र आफूलाई उक्त व्यक्ति कतिसम्म विशेष छ भन्ने कुरा व्यक्त गर्छन् ।

रातो रंगको गुलास रोमान्सको प्रतीक हो भने पहेंलो रंगको गुलाव नजिकका साथीहरुलाई दिने गरिन्छ । यदि तपाईंहरु केवल साथीभन्दा धेरै माथिको सम्बन्धमा हुनुहुन्छ तर प्रेमीको सम्बन्धबाट कमै हुनुहुन्छ भने तपाईंले आफ्नो विशेष साथीलाई गुलावी रंगको गुलाव प्रदान गर्न सक्नु हुन्छ ।

यदि तपाईं कसैसंग रिसाउनु भएको छ भने रोज डेको दिन आफ्ना पुराना कुराहरुलाई बिर्सिएर दोस्रो पटक पुनः साथी बन्नका लागि हात अगाडि बढाउन सक्नु हुनेछ । यसका लागि तपाईंले त्यो व्यक्तिलाई सेतो रंगको गुलावको फूलको गुच्छा नै प्रदान गर्न सक्नु हुनेछ ।

केवल रातो गुलावमात्र होइन, भ्यालेन्टाइन्स डेको मौकामा अन्य रंगका गुलावहरु पनि उपहारको रुपमा प्रदान गर्न सकिन्छ ।

कस्तो रंगको गुलावको कस्तो अर्थ ?

रातो गुलाव- प्रेम दर्शाउनका लागि

पहेंलो गुलाव-मित्रताको नयाँ सुरुवातका लागि

सेतो गुलाव- सरी भन्नका लागि

पिंक गुलाव-  धन्यवाद भन्नका लागि

सुन्तले गुलाव- कुनै त्यस्तो व्यक्तिका लागि जो साथीभन्दा माथि छ

बैजनी गुलाव-  पहिलो नजरको प्रेमका लागि

यसपटक कहिले कुन डे ?

भ्यालेन्टाइन विकको पहिलो दिन अर्थात आज फेब्रुअरी ७ का दिन रोज डे मनाइन्छ । त्यसपछि फेब्रअरी ८ (शनिवार) का  दिन प्रपोज डे, फेब्रअरी ९ (आइतबार) चकलेट डे, फेब्रुअरी १० (सोमबार) टेडी डे, फेब्रअरी ११ (मंगलबार) प्रोमिस डे, फेब्रुअरी १२ (बुधवार) हग डे, फेब्रुअरी १३ (बिहिबार) किस डे तथा अन्त्यमा फेब्रअरी १४ (शुक्रवार) का दिन भ्यालेन्टान्स डे मनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?