Comments Add Comment

राष्ट्रपतिद्वारा सम्पदा पुनर्निर्माणको अवलोकन

२५ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पुनर्निर्माण भइरहेका सम्पदाहरुको अवलोकन गरेकी छन् ।

शनिबार राष्ट्रपति भण्डारीले रानीपोखरी, धरहरा, बालगोपालेश्वर मन्दिर, बसन्तपुर दरबार स्क्वायरको अवलोकन गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले रानीपोखरीबाट अवलोकन सुरु गरी बालगोपालेश्वर मन्दिर, धरहरा, सुन्धारा क्षेत्र, काष्ठमण्डप र हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेकी थिइन् । पुनर्निर्माणले गति लिएको समयमा राष्ट्रपतिको भ्रमणले अत्यन्तै महत्व राख्ने राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाललीले बताए ।

राष्ट्रपति भण्डारीले शनिबार नै दरबार हाइस्कुलको पनि अलोकन गरेकी छन् । दरबार हाइस्कुलमा चिनियाँ राजदूत हाउ यान्छीले राष्ट्रपति भण्डारीलाई स्वागत गरेकी थिइन् । चीन सरकारको सहयोगमा पूर्ननिर्माण भइरहेको हाइस्कुलको निर्माण अन्तिम चरणमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment