
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत ललितपुरे डर्बी खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ ।
जावलाखेलले फ्रेण्ड्सलाई हरायो । अर्को ललितपुरे क्लब च्यासल भने हिमालयन शेर्पासँग पराजित भयो ।
शनिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा जावलाखेलले फ्रेन्ड्सलाई १–० गोलले हराएको हो ।
जावालाखेलको जितमा विदेशी खेलाडी फोडे फोफानाले ५८औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
ललितपुरको जितमा फोडे फोफानाले विजयी गोल गरे ।
खेलको ६२औं मिनेटमा साउलो डी एक्विनो रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि फ्रेन्ड्स १० खेलाडीमा सिमित बनेको थियो ।
जितपछि ११ खेलबाट १८ अंक जोडेको जावलाखेल लिग तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । जावलाखेलले शीर्ष ६ भित्र रहँदै लिगको अन्त्य गर्ने सम्भावना समेत बलियो बनाएको छ ।
पराजित फ्रेन्ड्स १४ अंक सहित नवौ स्थानमा यथावत छ ।
यस्तै शनिबार नै भएको पहिलो खेलमा शेर्पाले च्यासललाई ३-२ ले हरायो । दिउँसो ३ बजे हलचोकमा हुने भनिएको मनाङ र एनआरटीबिचको खेल प्राविधिक कारण आइतबारलाई सारिएको एन्फाले जनाएको छ ।
प्रतिक्रिया 4