Comments Add Comment

जस्टिन बीबर : किन दर्शक चिच्याउँदा मञ्च छाड्छन् ? 

म्युजिकल कन्सर्टका लागि जस्टिन बीबर जहाँ पुग्छन्, सानोतिनो कम्पन पैदा गर्छन् । केही बर्षअघि भारतमा सांगीतिक प्रस्तुतीका लागि आएका बखत ठूलै हल्लीखल्ली मच्याएका थिए । खासगरी जस्टिनले आफ्नो बसोबासको लागि गरेको  डिमान्ड आश्चर्यलाग्दो थियो ।  बुँदागत रुपमा राखिएको डिमान्डमा उनले आफु चढ्ने साधनदेखि बस्ने व्यवस्था कस्तो हुनुपर्छ भन्ने खुलाएका थिए ।

त्यसो त विश्वव्यापी लोकपि्रयता पाएका सेलिब्रेटी हुन् उनी । फोब्र्सले उनलाई तीन पटक विश्वको सबैभन्दा शक्तिशाली सेलिब्रेटीको सूचीमा राखिसकेको छ । २३ बर्षको उमेरमै ग्रामी अवार्ड पाउने उनी कतिसम्म मूल्यावान्  सेलिब्रेटी हुन् भने, केवल उनीसँग सेल्फी लिनका लागि मात्र २ हजार डलर तोकिएको थियो ।

फ्यानसँग फोटो नखिच्ने

जस्टिनले इन्स्टाग्राममा लेखेका थिए कि, प्रशंसकले मसँग फोटो नखिचुन् । किनभने फोटोको लागि झुम्मिँदा मलाई आफु चिडियाघरमा राखिएको जनवार जस्तै महसुष हुन्छ । हाइ वा हेल्लो समेत बोल्न नपरोस् भन्ने उनलाई लाग्छ ।

शोमा फ्यान चिच्याए

जस्टिन त्यस गायकमा एक हुन्, जो आफ्नो शोका बीच फ्यान चिच्यायो भने शो छाडेर पनि हिँड्छन् । उनको तर्क के छ भने, म गीतको ब्रेकमा तपाईसँग कनेक्ट हुन चाहन्छु । म तपाईको आँखामा देखेर बात गरिरहेको हुन्छु र चाहन्छु कि तपाई हामीबीच एक सम्बन्ध होस् । तर, तपाई चिच्याइरहनु हुन्छ ।

बीबरका लागि पाँच महिना टेन्ट लगाए

केही बर्षअघि ब्राजिलमा जस्टिनको कन्सर्ट हुदै थियो । उक्त कन्सर्ट हेर्नका लागि पाँच महिना अघि देखि नै त्यहाँ प्रशंसकहरु टेन्ट टागेर बसेका थिए । स्टेडियमको बाहिर सय बढी प्रशंसकले टेन्ट राखेका थिए, ताकि शोको दिन उनीहरुलाई बस्नका लागि ठाउँ सुरक्षित होस् ।

१८ गर्लफ्रेन्ड

जस्टिनको करियरको ग्राफ उकालो लागेको एक दशक नाघेको छ । यसबीचमा उनले १८ जना गर्लफ्रेन्डसँग चक्कर मारे ।

सेलेना गोमेजसँगको उनको अफेयर सर्बाधिक चर्चामा रह्यो । जस्टिन र सेलेनाबीचको अफेयर, डेटिङ र ब्रेकअपको प्रसंगले संचार माध्याम तताइरह्यो । दुबै विश्वले चिनेका सेलिब्रेटी । किशोरवयका । रुपरंग मिल्ने । धेरैले उनीहरुको जोडी कायम रहोस् भन्ने चाहे । तर, २०१३ मा जस्टिन र सेलेनाको सम्बन्धमा पूर्ण बिराम लाग्यो ।

त्यसपछि जस्टिन सोफिया रिचीसँग मस्ती गर्न थाले, जो चर्चित पप सिंगर पनि हुन् । सोफियापछि हेली बाल्डविन, एरियाना ग्रान्डे, केन्डल जेनर, जेड पियर्स, निकोल पेल्ट्ज, योवाना वेंचु्रा, शनीना शैक, मिरन्डा केर, बारबरा पालविनदेखि माइली साइरससम्म उनको अफेयर चल्यो । अन्त्यमा उनले हैली बाल्डविनसँग विवाह गरे ।नरक हो इन्स्टाग्राम

इन्स्टाग्रामका जबरजस्त फ्यान फलोइङ भएका जस्टिन पछिल्लो समय त्यसबाट दिक्क छन् । उनी इन्स्टाग्रामलाई नर्कको संज्ञा दिन थालेका छन् । साथै उनले अगस्ट २०१६ मा अचनाक अकाउन्ट डिलिट गरे, जब उनी ट्रोलिङबाट हैरान थिए ।  जस्टिनको ट्टीटरमा ९ करोड ३४ लाख बढी फलोअर छन् ।

विवादको घेरामा

जस्टिनलाई हरबखत संचारमाध्याम र प्रशंसकले पछ्याइरहेका हुन्छन्, त्यही कारण उनले गर्ने गल्ती/कमजोरीले पनि कतै लुक्दैन ।

पछिल्लो बर्ष एक भिडियो सार्बजनिक भयो, जसमा जस्टिनले आफ्ना फ्यानको अनुहारमा मुक्का हानेका छन् । जब कारमा बसिरहेका जस्टिनलाई फ्यानले छुन खोजे, जस्टिनले उनीमाथि मुक्का बर्साए । तिनको मुखबाट रगत आयो ।

एक पटक उनी बियर पिउन लागेका थिए । कसैले उनको फोटो लिने प्रयास गरे । त्यसपछि जस्टिनले तिनको मोबाइल खोसेर भूँइमा फुटाइदिए । यस बापत उनले एक लाख डलर बराबरको क्षति व्यहोर्नु परेको थियो ।

रोचक कुरा

–     जस्टिन क्यानेडियन गायक हुन् । उनको गीत सुनेर आमाले युट्युबमा अपलोड गरिदिएकी थिइन् ।

–     स्कूटर ब्राउनले २००८ मा जस्टिनको युट्युब भिडियो हेरेर गीत रेकर्ड गराइदिए । त्यहीबाट जस्टिन स्टार भएका हुन् ।

–     २००९ मा वान टाइम गीतसँगै जस्टिन संगीतमा होमिएका हुन् ।

–     कति किशोर जस्टिन बीबरको जस्तो हेयर स्टाइल बनाउनका लागि हजारौं रुपैयाँ खर्च गरिरहेका हुन्छन् ।

–     जस्टिनको फेसबुक पेजमा हरेक हप्ता दुई लाख बढी जोडिइरहेका हुन्छन् ।

–     उनी एकदमै व्यस्त भएकाले रातमा ६ घण्टा मात्र सुत्न पाउँछन् ।

–     एक पटक जस्टिनलाई स्कुलमा एफ ग्रेड मात्र प्राप्त भएको थियो । तर, उनले चलाखीपूर्वक त्यसलाई बि बनाए र आमाबुवाको गाली खानबाट जोगिए ।

–     जस्टिन चाहन्छन् कि, उनी तीन पिताको बुवा बन्नेछन् ।

–     उनको मनपर्ने जनवार जिराफ हो ।

–     उनको मनपर्ने रंग बैजनी हो ।

–     जस्टिनको मनपर्ने अन्डरवेयर डि एन्ड जी ब्रान्ड हो ।

–     जस्टिन होचो भएका कारण उनलाई बिद्यालयमा उडाउने गरिन्थ्यो । तर, अहिले उनको कद ५ दशमलव ७ फिट उचाईको छ ।

–     जस्टिनको बेबी गीत कुनैबेला युट्युबका सर्बाधिक हेरिनमेध्येको थियो । तर, पछि त्यसलाई गगनम स्टाइलले उछिन्यो । अहिले बेबी युट्युबमा सबैभन्दा बढी डिसलाइक पाउने भिडियोमा पर्छ ।

–     जस्टिनलाई जोकर मन पर्दैन ।

–     जस्टिन गूगल क्रोम ब्राउजर प्रयोग गर्छन् ।

–     जस्टिनले एक पटक सपनामा बिरालोको मासु खाएको देखेका थिए, त्यही बेलादेखि उनी बिरालो मन पराउँदैनन् ।

–     जस्टिन कुनैपनि जानकारीका लागि गुगल सर्च गर्दैनन् । किनभने उनको आफ्नै सर्च इन्जिन छ बीबरसर्चडटकम ।

–     जस्टिनको ट्वीटर खाताको मूल्य एक अर्ब बराबर छ ।

–     उनी इसाइ हुन् र चर्च जान्छन् ।

–     जस्टिन देब्रे हाते हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment