
२६ माघ, काठमाडौं । नेपालमा राष्ट्रिय आयोजना बैंकको आइतबार औपचारिक शुभारम्भ गरिएको छ ।
आइतबार राष्ट्रिय विकास समस्या समाधान समितिको ४७ औं बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आयोजना बैङ्क व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गरेका हुन् ।
तथ्यपरक र मापदण्डमा आधारित आयोजना पहिचान, छनोट तथा मुल्यांकन प्रक्रिया तथा प्राथमिकीकरण गर्ने प्रणालीको विकास र अभ्यासका लागि आयोजना बैङ्कको अवधारणा अघि सारिएको योजना आयोगका सदस्य सुशील भट्टले जानकारी दिए । उनका अनुसार आयोजना बैङ्कको अवधारणा पत्र तयार भइसकेको छ ।
आयोजना बैङ्क सूचना प्रणालीको प्रारम्भिक सफ्टवेयरको विकास गरी चालू र भावी आयोजनाको विवरण प्रविष्ट गर्ने कामको समेत थालनी भइसकेको सदस्य भट्टले जानकारी दिए ।
आगामी दिनमा आयोजना बैङ्कमा प्रविष्ट भएका आयोजनाले मात्र बजेटमा प्रवेश पाउनेछन् । आयोजना व्यवस्थापनलाई थप प्रभावकारी बनाई आयोजना कार्यान्वयनमा कुशलता हासिल गर्न सहयोग पुग्ने आयोगको भनाइ छ ।
प्रतिक्रिया 4