+
+
Shares

उडिसामा बसमा आगलागी, ५ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २६ गते १९:५२

काठमाडौं । भारतको उडिसा राज्यको गंजम जिल्लामा गुडिरहेको बसमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन् ।

समाचार एजेन्सी पीटीआईकाअनुसार विद्युत प्रशारण लाइनको तारमा गुडिरहेको बसले अचानक छुँदा आगलागी भएको थियो ।

आगलागीमा परेर घाइते भएकाहरु मध्ये केही यात्रुको अवस्था गम्भीर छ । घाइतेहरुको बहरामपुरस्थित एमकेसीजी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

अग्नि नियन्त्रक पदाधिकारीकाअनुसार ट्रान्समिशन लाइनमा सप्लाई हुने करेन्ट बन्द गरेर आगलागीलाई नियन्त्रणमा लिइएर बसबाट यात्रुहरुको उद्दार गरिएको थियो ।

प्रहरीका अनुसार बस जंगलपाडुबाट चिकाराडा तर्फ जाँदै थियो । ११ किलोवाट क्षमता भएको विद्युत प्रसारण लाइनको सम्पर्कमा आउँदा बसमा आगलागी भएको हो ।

बसमा सवार मानिसहरु नजिकैको गाउँमा हुने वैवाहिक कार्यक्रममा सरिक हुन जाँदै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?