Comments Add Comment

नेपालीलाई ल्याउन फागुन ३ गते वाइडबडी चीन जाने

२७ माघ, काठमाडौं । कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीहरुलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको छ । सो जहाज आगामी १५ तारिख अर्थात फागुन ३ गते चीन जाने पर्यटन मन्त्रालय स्रोतले जनाएको छ ।

परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालयसमेतका अधिकारीहरुसमेत रहने गरी समिति गठन गरिएको छ । समितिमा नेपाल एयरलाइन्सका प्रतिनिधिहरु पनि छन् ।

कोरोना भाइरसको उदगम थलो चीनको वुहानबाट करिब १८० जना नेपालीहरुलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने छ ।

वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपालीहरु छन् । उनीहरुले आफूहरुको छिटो उद्धार गरिदिन सरकारलाई आग्रह गर्दै आएका छन् । उनीहरुका अभिभावकहरुले आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिन माग गर्दै गृह मन्त्रालय, पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, मानव अधिकार आयोग लगायतको ध्यानाकर्षणसमेत गराएका थिए ।

यो पनि पढ्नुहोस खरिपाटी क्वारेन्टाइन ! (भिडियोसहित) यो पनि पढ्नुहोस चीनबाट उद्धार गरिने नेपालीलाई चार स्थानमा राखिने यो पनि पढ्नुहोस वुहानका नेपालीको उद्धारका ‘मुख्य मापदण्ड’ पूरा गर्नै बाँकी ! यो पनि पढ्नुहोस चीनमा रहेका छोराछोरी नेपाल ल्याउन माग गर्दै स्वास्थ्य मन्त्रालय घेराउ यो पनि पढ्नुहोस ‘बाँसुरी बजाउन समय छ, हामीलाई भेट्न फुर्सद हुन्न’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment