
नेपालीमा एउटा उखान छ, ‘बुढाबुढीको झगडा परालको आगो ।’ अर्थात क्षणमै सल्कन्छ, क्षणमै निभ्छ । एउटा अध्ययनमा उल्लेख थियो, ‘बर्षदिनमा ३ सय ६४ पटक नै दम्पतीबीच सानोतिनो झगडा हुन्छ ।’ व्यवहारिक जीवन चलाउने क्रममा सामान्य मतभेद, वहस, मनमुटाव हुन सक्छ । रोचक त के भने, दम्पतीबीच हुने यस किसिममो झगडाले उनीहरुको सम्बन्धलाई थप परिपक्क बनाउँछ । एक अध्ययनमा भनिएको छ, ‘उनीहरुबीच हुने झगडा पारिवारिक विषयमा केन्दि्रत हुन्छ । यस क्रममा उनीहरुबीच रहेका कतिपय द्विविधा, भ्रम मेटिन्छ ।’
बहस वास्तवमै बेमेलको श्रृङ्खला हो । मन नमिलेपछि बहसको बिजारोपण हुनेगर्छ । तर, यही बहस कसिलो सम्बन्धको लागि आवश्यक पनि छ भन्ने कुरा सुन्दा सबैलाई अचम्म लाग्नसक्छ ।
विभिन्न सर्वेक्षणबाट धेरै जोडीहरुले हप्तामा कम्तिमा पनि एकपटकभन्दा धेरै बहस गर्नु दीगो सम्बन्धको लागि आवश्यक रहेको बताएका छन् । सो अध्ययनको निचोड यो छ कि जोडीहरु जो प्रायः जसो बहस गर्दछन् । उनीहरुको सम्बन्ध दीर्घकालसम्म चलिरहने सम्भावना धेरै हुन्छ । किनभने सबै साना मनमुटावका बाबजुत पनि उनीहरूको प्रेम सत्य र ईमान्दार हुन्छ ।
परिपक्व सम्बन्धको लागि विवाद आवश्यक
लामो समयसम्म स्थायी सम्बन्ध बनाउनको लागि सधैं निर्विवादित रहनु पनि उत्तम तरिका होइन । यसको विपरित विवादको श्रृङ्खलालाई सधैं लम्ब्याई राख्नु पर्छ भन्ने पनि यसको औचित्य होइन । यदि तपाईं बहस गर्दा आˆनो दिमागमा आएका कुराहरु स्पष्ट रूपमा राख्न सक्षम हुनुहुन्छ भने तपाईं आफ्नो प्रेमलाई अर्को चरणमा लैजान तयार हुनुहुन्छ भन्ने बुझिन्छ ।
परिपक्व व्यक्तिहरू कसैलाई पनि व्यक्तिगत रुपमा लाञ्छना लगाउँदैनन् । बरु यसको सट्टामा तिनीहरू सधै सम्झौता गरेर अघि बढ्ने प्रयास गर्छन् । स्वस्थ तर्कको मद्दतले उनीहरूको सम्बन्ध धेरैहदसम्म सुधार हुनेगर्छ ।
विवादको अर्थ धेरै ध्यान दिनु
साथीको बानीलाई आँखा चिम्लिएर विश्वास गर्ने धेरैको बानी हुनेगर्छ । जसले हामीलाई एकोहोरो बनाउँछ । तर, तथ्य यो हो कि तपाईं भविष्यमा अझ राम्रो नतिजा प्राप्त गर्नका लागि सबै किसिमका कष्टहरुको सामना गर्न तयार हुनुहुन्छ भने त्यो सच्चा प्रेमको संकेत पनि हो ।
अर्को शब्दहरुमा, बहसको अर्थ यो हो कि तपाईंहरु आफ्नो सम्बन्धप्रति अधिक प्रतिबद्ध हुनुहुन्छ । उदाहरणको लागि हामी आफ्नो दाजुभाइ वा आमाबुबासँग कति धेरै बहस गर्छाैं ? तर, त्यसले सम्बन्ध कहिलै बिगारेको हुँदैन । त्यही कुरा जीवनसाथीको हकमा पनि लागु हुन्छ । यदि कोही मानिस धेरै बहस गर्छ र जहिले पनि यसको पार लागिरहेको हुन्छ भने यसको अर्थ तपाईंहरुले एकअर्कासँग लामो समय जीवन कटाउने बाटो खोजिरहनुभएको स्पष्ट हुन्छ ।
बहसले तपाईंको कुराकानी सजिलो बनाउँछ
कुनैपनि सम्बन्धमा विश्वास सिर्जना गर्नुछ भने तपाईं शान्त बस्नु राम्रो हुन्न । यसको ठिक विपरित जीवनसाथीसँग पनि खुल्ला मनले कुराकानी गर्नु आवश्यक हुन्छ । कुनैपनि कार्यका लागि उत्तरदायित्व लिने र ध्यानपूर्वक एकले अर्कोको कुरा सुन्ने गर्नुपर्छ ।
बहस स्वस्थ सम्बन्धको संकेत हो
मनोवैज्ञानिकहरू विश्वास गर्छन् कि मानिसको स्वास्थ्य र खुशीको सम्बन्धमा ७ वटा मुख्य बुँदाहरू हुन्छन् । बहस त्यो मध्येको एक हो । वास्तवमा, यदि दम्पतीले कहिलै पनि कुनै विषयमा बहस गरेनन् भने त्यो सम्बन्धमा केही न केही गडबढ छ भन्ने बुझ्दा हुन्छ । बहस गर्नाले दम्पतीहरूलाई उनीहरूको महत्व र चीजहरू सम्बोधन गरेर, छलफल गरेर उनीहरूको मूल्य मान्यता र भावनाहरूको पुनर्विचार गर्न मद्दत गर्छ ।
बहसले तपाईंको सम्बन्धलाई बलियो बनाउँछ
जब तपाइँको पार्टनरसँग बहस गर्दै हुनुहुन्छ भने त्यसमा तपाइँले जित्नु भयो वा हार्नुभयो भन्नेमा खासै महत्व राख्दैन ।सबभन्दा मूल्यवान कुरा भनेको त तपाईंले एक अर्काको बारेमा धेरै सिक्नुहुन्छ ।
सानो संघर्षले दुबैलाई चिन्नको लागि मद्दत गर्छ । तपाईंको वास्तविक प्रकृति प्रकट गर्न र तपाईंको साथीलाई कसरी व्यवहार गर्ने भनेर देखाउन यसले मद्दत गर्छ । यदि तपाइँ सबै चुनौतीहरू सँगै मिलेर अघि बढ्न चाहनुहुन्छ भने हरेक समस्यामा कसरी सम्झौता गर्ने र तपाईंहरु बीचको बन्धनलाई कसरी सुदृढ पार्ने भन्ने कुरा पनि बहसबाट नै सिक्न सकिन्छ ।
बहस गर्दा तपाईंको असन्तुष्टि कम हुन्छ
सम्बन्धमा दीगो हुनु त्यति सजिलो छैन । यदि तपाईं पार्टनरको ख्याल गर्नुहुन्छ भने तपाईं जहिले पनि केही सीमामा बाँधिएको हुनुहुन्छ । तर, तपाईंको त्यो समस्यालाई आफ्नो साथीले महत्वका साथ लिँदैन भने यसले तपाईंलाई असन्तुष्ट गराउन सक्छ । त्यसैले बहसले यो कमजोरीलाई समेत समाधान गर्न मद्दत गर्छ ।
प्रतिक्रिया 4