Comments Add Comment

राति नङ काट्नु शुभ कि अशुभ ?

हाम्रो परम्परा के छ भने,  साँझ परेपछि कुच्चो लगाउनु हुन्न, जुत्ता-चप्पल उल्टो पारेर राख्नु हुँदैन ।

यसैगरी पितापूर्खाहरु भन्छन्, राति नङ काट्नु हुँदैन ।

हाम्रो घरका अग्रजहरुले हामीलाई सधैं सम्झाइरहने कुरा हो राति नङ काट्नु हुँदैन भन्ने कुरा । तर, यसको पछाडि के वैज्ञानिक कारण छ त ? यो कुरा हामीलाई कसैले पनि बताउने गरेका छैनन् । के वास्तवमै कुनै त्यस्तो कारण छ, जसले राति नङ काट्नाले अशुभ हुन्छ ?

पहिलाको समय र आजको आधुनिक युगमा निकै नै अन्तर छ । त्यसैगरी पुरानो समयका मानिस तथा नयाँ समयका मानिसहरुको विचारहरुमा पनि निकै अन्तर छ । जबसम्म नयाँ पुस्ताले हरेक विचारसँग सम्बन्धित तर्क भेट्दैनन्, तबसम्म उनीहरु त्यो तर्कलाई मान्न तयार हुँदैनन् ।

यसैबीच राति नङ नकाट्नुका पछाडि यी तीन मुख्य कारणहरु छन् ।

पहिलो कारण 

नङ हाम्रो औंलाहरुमा भएको एउटा मजबुत पत्र हो । जसले हाम्रो कोमल औंलाहरुलाई निकै हदसम्म बचाएर राख्छ । त्यसैले जब हामी नङ काट्छौं । तब हामीले विशेष ध्यानदिनु पर्ने कुरा के हुन्छ भने हाम्रा औंलाहरुमा कुनै पनि प्रकारको हानि पुग्नु हुँदैन ।

पुरानो समयमा न त सबै घरहरुमा बिजुली हुन्थ्यो, न त हरेक समय बिजुली नै आउँथ्यो । पुरानो समयमा मानिसहरु सूर्यको प्रकाशका अनुसार नै आफ्नो सबै कार्यहरु गर्दथे । त्यसैले पनि त्यो बेला राति होइन, दिउँसो उज्यालोमै नङ काट्नुपर्छ भन्ने चलन चलाइएको थियो । उज्यालोमा नङ काट्दा औंलामा कुनै पनि प्रकारको हानि पुग्दैन भन्ने मान्यता थियो ।

दोस्रो कारण

प्राचीन समयमा नेल कटर मानिसहरुसँग हुँदैन थियो । त्यो बेला मानिसहरुले आफ्नो नङ चक्कु अथवा छुरीले काट्ने गर्दथे अथवा कुनै धारिलो औजारले काट्दथे । हामीले माथि नै उल्लेख गरिसकेका छौं, हरेक घरमा बिजुली नभएका कारण मानिसहरुले राति अँध्यारोमा छुरीले नङ काट्न रुचि देखाएनन् । हातमा कुनै पनि प्रकारको चोट नपुगोस् भन्नका लागि उनीहरुले राति नङ नकाटेका हुन् ।

तेस्रो कारण

जब हामी नङ काट्छौं, नङ झरेर कुनै खाद्य पदार्थ अथवा कसैको आँखामा पनि पर्न सक्छ । जुन निकै नै हानिकारक हुनसक्छ । त्यसैले पुरानो समयमा मानिसहरु थुप्रै कारणले गर्दा नङ काट्नै मान्दैन थिए ।

यदि हामीले सबै कुरालाई बिस्तारले हेर्‍यौं भने हामी के निष्कर्षमा पुग्छौं भने पुरानो समयमा बिजुलीको सही अवस्था नभएका कारण हाम्रा अग्रजहरुले हामीलाई राति नङ काट्नलाई रोकेका थिए । यद्यपि, बित्दो समयसँगै मानिसहरुले यसलाई अन्धविश्वाससँग जोडेर एउटा भ्रमको रुप दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment