+
+

बाणिज्य बैंकका सीईओ बने म्यानको अध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २७ गते १२:३७

२७ माघ, काठमाडौं । म्यानेजमेन्ट एशोसिएसन नेपाल (म्यान)को अध्यक्षमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ ‍चयन भएका छन् ।

सोमबार भएको एशोसिएसनको अधिवेशनबाट बैंकर श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । एशोसिएसनको प्रथम उपाध्यक्षमा बमबहादुर मिश्र चयन भएका छन् ।

मिश्र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन् । दित्तीय उपाध्यक्षमा सुमन पोखरेल चयन भएका छन् । पोखरेल आइएमई रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।

को षाध्यक्षमा भने अनु श्रेष्ठ जोशीसहित म्यानको १९ सदस्यीय समिति चयन भएको छ । जसमा एक जना भने नेपाल सरकारको प्रतिनिधि हुनेछन् ।

एशोसिएसनको अध्यक्ष यसअघि सुशील भट्ट थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?