Comments Add Comment

राष्ट्रियसभाका अध्यक्ष र क्यानडाका सभामुखबीच भेट

२७ माघ, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका क्यानडाको उपल्लो सदन(सिनेट) का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ ।

दुई दिने नेपाल भ्रमणमा रहेको सभामुख फ्युरी नेतृत्वको प्रतिनिधमण्डले सोमबार सिंहरबारस्थित राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको सचिवालयमा भेटवार्ता गरेको हो । भेटका क्रममा नेपाल र क्यानडाबीचको संसदीय सहकार्यलगायत विषयमा कुराकानी भएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए ।

संसदीय सम्बन्धमा यो अहिलेसम्मकै उच्चस्तरीय भ्रमण भएको र भेटवार्ताले संसदीय अभ्यास र सिकाइको आदान प्रदान र सहयोगमा ठूलो महत्व राख्ने फुयाँलले बताए ।

भेटमा अध्यक्ष तिमिल्सिनाले उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्ध र सहकार्यलाई मजबुद बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । दुवै देशका संसदमा गठन भएको संसदीय मैत्री समूहले दुई देशका संसदबीचको सम्बन्धलाई प्रबर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि अध्यक्ष तिमल्सिनाले ब्यक्त गरे ।

क्यानडाको उपल्लो सदन (सिनेट)का सभामुख जर्जजे फ्युरीले नेपालसँगको सम्बन्धलाई उच्च महत्वका साथ लिएको बताए । क्यानडा पनि संघीय मुलुक भएको बताउँदै सभामुख फ्युरीले नेपालको विकासका लागि आफ्नो देशको सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उनले क्यानडाको तर्फबाट संयुक्त राष्ट्रसंघमा उम्मेदवारी रहेको र त्यसमा नेपालबाट सहयोगको अपेक्षा गरेका पनि सचिव फुयाँलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment