Comments Add Comment

संकटालाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा

२७ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगकाे सोमबारको खेलमा मछिन्द्र क्लब विजयी भएपछि उपाधि छिनाेफानाे अन्तिम चरणमा हुने भएकाे छ ।

जीतसँगै मछिन्द्र शीर्ष स्थानमा उक्लेपछि उपाधि हाेड राेमाञ्चक बनेकाे हाे ।

एन्फा कम्प्लेक्समा भएकाे खेलमा मछिन्द्रले संकटालाई ३-१ ले हरायाे । मछिन्द्रका लागि ४४ औं मिनेटमा मिनेटमा देवेन्द्र तामाङले पहिलाे गाेल गरेका थिए । यस्तै ७४ औं मिनेटमा विशाल राई बी ले दाेस्राे गाेल गरेका थिए । दीपक राईले ८३ औं मिनेटमा अर्को गोल गरे।

संकटाका लागि मेसुकाे जिन पिएरेले एक गाेल फर्काए ।

जीतपछि १२ खेलबाट २८ अंक जाेड्दै मछिन्द्र अंकतालिकामा शीर्ष स्थानमा उक्लेकाे छ ।

एक खेल कम खेलकाे त्रिभुवन आर्मी २६ अंकसहित दाेस्राे स्थानमा छ । आर्मीले १२ औं चरणमा मंगलबार ब्रिगेड ब्वाइजसंग खेल्नेछ । आर्मीले जीत हात पारे शीर्ष स्थानमा पुग्नेछ । आर्मीले ब्रिगेड ब्वाइजसंग जस्ताे नतिजा निकाले पनि उपाधिको छिनाेफानाे अन्तिम चरणमा हुने मछिन्द्र र आर्मीकै खेलबाट हुने पक्का भएकाे छ ।

हारपछि संकटा भने १२ खेलबाट १५ अंकसहित आठौं स्थानमा छ । यस हारले साविक उपविजेता समेत रहेकाे संकटाकाे शीर्ष ६ मा पर्ने सम्भावना कमजाेर बनेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment