+
+
Shares

संसद अवरोध खोल्दै कांग्रेसले भन्यो : अख्तियारलाई नियालिरहेका छौं

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २८ गते १३:२८

२८ माघ, काठमाडौं । नेपाली कांग्रेसले तीन दिनसम्म जारी राखेको संसद अवरुद्धलाई स्थगित गरेको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकको सुरुमा बोल्दै नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको प्रभावमा परेर राजनीतिक प्रतिसोधका आधारमा आफ्ना नेता विजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दा लगाएकाले संसद अवरुद्ध गरेर विरोध गर्नुपरेको बताइन् ।

अख्तियारको ध्यानाकर्षण गराउन र आगामी दिनमा यस्ता गल्ती नदोहोर्‍याउन सचेत गराउन संसद अवरुद्ध गरेको भन्दै नेतृ भुसालले यो मुद्दालाई राजनीतिक तबरबाट अगाडि बढाउने बताइन् । कांग्रेसले अवरोध नगरेपछि संसद सञ्चालन भएको छ ।

अख्तियारलगायत संवैधानिक अंगहरु सरकारको प्रवाहमा परेर कुनै गलत काम गर्नु हुन्न कुनै निर्णय गर्नुहुन्न भन्ने सन्देश दिन खोजेको कांग्रेसले बताएको छ । नेतृ भुसालले अख्तियारको कामलाई प्रमुख प्रतिपक्षी दलले नजिकबाट नियालिरहेको बताइन् ।

‘संवैधानिक अंगले राजनीतिक प्रतिशोध साँधेर, सरकारको प्रभावमा आएर यदि यस्ता किसिमको निर्णय गर्छ भने हामी प्रमुख प्रतिपक्षी दल त्यस्ता अंगलाई नजिकबाट नियालेर बसेको छ’ उनले भनिन् ‘संविधानवादको विपरीत, काननको शासनको विपरीत, लोकतान्त्रिक मूल्य मान्यताका विपरीत कुनै संवैधानिक अंगले काम गर्छ भने त्यसलाई संसदले नियालेर कसले नियाल्ने सभामुख महोदय ?’

संविधानले संवैधानिक अंगहरुलाई तटस्थ र निष्पक्ष भूमिका परिकल्पना गरेको भन्दै नेतृ भुसालले अधिकार क्षेत्रभन्दा बाहिर गएर सरकारबाट प्रभावित भएर अख्तियारले ललिता निवास जग्गा प्रकरणमा मुद्दा चलाएको जिकिर गरिन् ।

अख्तियारले मुद्दा दायर गर्नुलाई सरकारका प्रवक्ताले सरकारको उपलब्धीको रुपमा ब्याख्या गर्नुले पनि अख्तियार प्रभावित भएको देखिने भुसालले बताइन् ।
‘संवैधानिक अंगको काम कारबाहीको विषयलाई सरकारले उपलब्धी मान्यो ? उनले प्रश्न गरिन् ।

यो विषय अदालत प्रवेश गरिसकेकाले अब अदालतको निष्पक्षता र तटस्थतामा कांग्रेसले विश्वास गर्ने भन्दै भुसालले अख्तियार सरकारको प्रभावमा परेकामा भने विरोध जारी राख्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?