+
+
Shares

खोकनाबासीको नारा : फास्ट ट्र्याक खारेज गर

चन्द्र आले चन्द्र आले
२०७६ माघ २८ गते २०:१०

२८ माघ, काठमाडौं । तराई मधेस फास्ट ट्रयाकलगायतका विकास निर्माणका कामबाट आफूहरुको जग्गा र सांस्कृतिक सम्पदा नष्ट हुने भन्दै ललितपुरको खोकनाका बासिन्दाले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

ललितपुरको पुल्चोकबाट सुरु भएको विरोध प्रदर्शन माइतीघरमा पुगेर धर्नामा परिणत भएको थियो । सरकारले आफूहरुको कुरा सुन्दै नसुनेको भन्दै स्थानीयले यसअघि आफ्नै अनुहारमा कालो दलेर विरोध प्रदर्शन गरेका थिए ।

फास्ट ट्रयाक, बाहिरी चक्रपथ, स्मार्ट सिटी, सुरुङमार्ग लगायतका योजनाको माध्यमल स्थानीयको जग्गा र सांस्कृतिक संरचना मास्न लागेको भन्दै आन्दोलनलाई जारी राखेको उनीहरुले बताएका छन् ।

खोकना/बुङ्गमती जनसरोकार समिति, उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति लगायतले सांस्कृतिक सम्पदाको संरक्षण गर, फास्ट ट्रयाक खारेज गर, बोङा खोनामा बाह्य चक्रपथ चाहिँदैन जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?