Comments Add Comment

घोडाघोडी बहुमुखी क्याम्पसमा लागेको ताला खुल्यो

२८ माघ, कैलाली । कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरूले लगाएको ताला खुलेको छ । अनेरास्ववियु र नेविसंघले विभिन्न माग राख्दै सोमबार क्याम्पसमा तालाबन्दी गरेका थिए ।

क्याम्पस प्रशासनले माग पुरा गर्ने सहमति जनाएपछि मंगलबार ताला खुलेको वार्ता टोलीका सदस्य बिराज पाण्डेले बताए ।

क्याम्पसले स्ववियु निर्वाचनलाई लक्षित गरेर सार्वजनिक गरेको सूचना सच्याउने र त्रिविको नियमअनुसार जाने, क्याम्पसले विविध शीर्षकमा लिँदै आएको ६ सय रुपैयाँ, स्ववियु बापत काटिएको रकम र प्रयोगात्मक शुल्कबारे क्याम्पस सञ्चालक समितिसँग छलफल गर्ने, विद्यार्थी वित्तीय कोषको छात्रवृत्तिबाट काटिएको १ हजार रुपैयाँ विद्यार्थीलाई फिर्ता गर्ने र कोर्स पुरा गर्न अतिरिक्त कक्षाको व्यवस्था गर्ने सहमति भएपछि ताला खोलिएको पाण्डेले बताए ।

बिहीबार क्याम्पस प्रशासनले स्ववियु निर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाएको थियो । बैठकमा कुनै सहमति हुन सकेको थिएन ।

उता क्याम्पस प्रशासनले भने बिहीबार बसेको बैठकले निर्णय गरेको भन्दै हालसम्मको बक्यौता रकम तिर्नु पर्ने र थप दुई हजार रुपैयाँ तिरेर परिचय पत्र बनाउनु पर्ने भन्दै विद्यार्थीलाई सूचना जारी गरेको थियो ।

उक्त निर्णयमा विरोध जनाउँदै नेपाल विद्यार्थी संघ र अनेरास्वयूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै सोमाबार क्याम्पसमा तालाबन्दी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment