Comments Add Comment

अव्यवस्थित तारलाई व्यवस्थित गरिने

२९ माघ, वीरगञ्ज । वीरगञ्जको आदर्शनगर ग्रिन सिटीमा पोलमा जथाभावी तानिएका तारलाई व्यवस्थित गरिने भएको छ । इन्टरनेट प्रदायक संस्थाका प्रतिनीधि र ग्रिन सिटी समुदायिकबीच बुधबार भएको बैठकमा तारलाई व्यवस्थित गर्ने सहमति भएको हो ।

पहिलो चरणमा लोहरपट्टी चोकदेखि ठाकुरराम बहुमुखी क्याम्पस चोकसम्मको इन्टरनेट तथा टिभी केबल तारको व्यवस्थापन गर्ने निर्णय सरोकारवालाको बैठकले गरेको छ । छिट्टै वीरगञ्ज नगरभरी नै तारलाई व्यवस्थित गरिने उनीहरुको भनाइ छ । निर्णय कार्यान्वयनका लागि ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको नेतृत्वमा सरोकारवाला निकायका प्रतिनिधिसहित ६ सदस्यीय तार व्यवस्थापन समिति समेत गठन गरिएको छ ।

विद्युतको पोलमा जथाभावी तार लगाउँदा आगलागीको जोखिम बढेको र सहर पनि कुरुप देखिएको भन्दै ग्रिनसिटी सामुदायिकले विरोध जनाउँदै आएको थियो ।

इन्टरनेट सेवा प्रदायकले शनिबारदेखि तारलाई व्यवस्थित गर्न सहमति जनाएको ग्रिन सिटी सामुदायिकका अध्यक्ष खेतानले जानकारी दिए ।

‘इन्टरनेट र टिभी सेवा प्रदायकले आवश्यकता भन्दा बढी तार विद्युतको पोलमा झुड्याइदिन्छन्, शहर कुरुप मात्रै भएको छैन, कहिलेकाँही पोलमा आगलागीका घटना समेत भएका छन्,’ अध्यक्ष खेतानले भने, ‘त्यसैले व्यवस्थित गर्न उनीहरुलाई आग्रह गरेका थियौं, राजी पनि भएका छन् । शनिबारदेखि हटाउँछौं भनेका छन् ।’

बैठकमा नेपाल विद्युत प्राधिकारण, भायनेट, वल्र्ड लिंक, क्लासिक टेक, सुबीसु लगायत इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment