+
+
Shares

स्कुटर चोरी गर्दा गर्दै एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २९ गते १३:५३

२९ माघ, काठमाडौं । काठमाडौंको दरबारमार्गबाट स्कुटर चोरी गरेर लैजाँदै गरेको अवस्थामा कलंकीबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोर्खाको सुलीकोट गाउँपालिका–१ का मिलन न्यौपाने रहेका छ्न् ।

स्कुटर धनीले आफ्नो स्कुटर चोरी भएकोबारेमा महानगरीय प्रहरी वृत्त दरबारमार्गमा खबर गरे लगत्तै उनी मंगलबार राति कलंकी चोकमा पक्राउ परेका हुन् ।

कलंकी चोकमा चेकजाँज गर्ने क्रममा न्यौपानेलाई बा.४८प ६१८६ नम्बरको स्कुटरसहित पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

स्कुटरसहित पक्राउ परेका न्यौपानेमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?