+
+
Shares

कांग्रेस सांसदको प्रश्न- यती समूहसँग किन सती गएको ?

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २९ गते १४:३७

२९ माघ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले यती समूहसँग सरकार सति जानुको कारण के हो भनी प्रश्न गरेकी छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा उनले सरकारले काठमाडौंको गोकर्ण रिसोर्ट, ताहाचल, दरबारमार्गको जग्गा, पाथीभरा, धरान, शिवपुरीको जग्गा पनि यति समूहलाई फाइदा पुग्ने गरी दिइएको भन्दै सो प्रश्न गरेकी हुन् ।

उनले भनिन् ‘सरकार यतीसँग सति जानुको कारण के हो ? सरकारले एउटा ब्यापारी समूहलाई राज्यको सम्पत्ति जिम्मा लगाउनुको कारण के हो ?’

कोरोना संक्रमित क्षेत्र चीनबाट नेपालीले आफूहरुको उद्धार गर्न माग गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली सारंगी साँझमा व्यस्त रहेको भन्दै सांसद संग्रौलाले रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ भन्ने भनाइ चरितार्थ भएको बताइन् ।

‘निरोको तस्वीर भेटिएको भए निरोको तस्वीरसँग प्रधानमन्त्रीको तस्वीर उस्तै देखिन्थ्यो होला’ उनले भनिन् ।

उनले अघि भनिन् ‘चीनमा अलपत्र नेपालीले प्रधानमन्त्रीको संगीतमय नयाँ अवतार कसरी हेरे होलान्, कति लाज माने होलान् ?’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?