+
+
Shares

प्रणय दिवस : युवराज चौलागाईंदेखि दिवाकर भट्टराईसम्मको अनुभव

अरुणा भट्टराई अरुणा भट्टराई
२०७६ माघ २९ गते १४:५९

प्रेमका बारेमा हरेक व्यक्तिका अलग-अलग परिभाषा हुनसक्छन् । कतिपय व्यक्तिहरु प्रेमका लागि कुनै एउटा विशेष दिनको आवश्यकता महसुस गर्दैनन् भने कोही व्यक्तिहरु यही सप्ताहले प्रेम अभिव्यक्त गर्ने मौका प्रदान गर्ने धारणा व्यक्त गर्छन् । प्रणय दिवसको बारेमा के भन्छन् त मनोरञ्जन क्षेत्रमा सक्रिय व्यक्तिहरु ?

गायक युवराज चौलागाईंको प्रेम सम्बन्धी धारणा बेग्लै छ । उनी प्रेम भनेको आकर्षण मात्र नभएर एकले अर्काको भावना बुझेर सुख-दुःखमा साथ दिने कामलाई मान्छन् । प्राप्ति मात्र होइन, त्याग पनि गर्न सक्ने नातालाई प्रेम भनिन्छ भन्ने उनको तर्क छ । गायक चौलागाईंले पनि प्रणयदिवसको सप्ताह मनाउने गरेका छैनन् । ‘भन्ने नै हो भने यो हाम्रो संस्कृति नै होइन । यो बाहिरको संस्कृति हो । गायक चौलागाईं भन्छन्-‘तर, अरुले मनाएको देख्दा भने रमाइलो लाग्छ ।’

उनलाई पनि प्रेम गर्नको लागि एउटा विशेष दिन नै कुर्नु पर्छ भन्ने लाग्दैन । ‘दुई व्यक्तिबीच निःस्वार्थ माया, एक-अर्काको भावना बुझ्ने, एउटालाई दुःख पर्दा अर्कोले साथ दिने नाता हो भने प्रेम गर्न विशेष दिन नै कुर्न पर्दैन । त्यहाँ सधैं प्रेम हुन्छ ।’

फेसन कोरियोग्राफर तथा सञ्चारकर्मी जयन सुब्बा मानन्धर भन्छिन्-‘प्रेम जीवन जिउने उर्जा हो, जसलाई कसैले नकार्न सक्दैन ।’ जयन प्रणय दिवस मात्र नभएर प्राय सबै सेलिब्रेट गर्ने दिनहरु खुलेर सेलिब्रेट गर्न रुचाउने स्वभावकी छिन् ।

उनी यो दिनलाई व्यस्त समयबाट फुर्सद लिने मौकाको रुपमा पनि लिन्छिन् । ‘म हरेक वर्षको प्रणय दिवसका दिन दिनभरी काममा व्यस्त भएपनि साँझ परिवारसँग बाहिर डिनर जाने गर्छु, यसपटक पनि त्यसै गर्दैछु ।’ जयनका अनुसार अरु बेला परिवारलाई समय कम दिने हुनाले भ्यालेन्टाइन डेको सेलिब्रेसन्स टाइममा भने उनी परिवारका सदस्यहरुलाई नै दिन्छिन् ।

चलचित्र निर्देशक दिवाकर भट्टराईको विचारमा साँचो मित्रता, स्वतन्त्रता, विश्वाससहितको सम्बन्ध नै प्रेम हो । ‘हुन त हाम्रो लागि हरेक दिन भ्यालेन्टाइन डे हो’ अर्को एउटा जिज्ञासामा निर्देशक भट्टराई भन्छन्-‘तर, पनि वर्षमा एक पटक मनाउने यो दिन हामी पनि मनाउँछौं । यसपटकको भ्यालेन्टाइन डे ठ्याक्कै यसरी नै मनाउने भनेर योजना चाहिँ बनिसकेको छैन ।’

निर्देशक भट्टराई प्रेम गर्नेहरुका लागि हरेक दिन नै भ्यालेन्टाइन-डे हुने बताउँदै थप्छन्-‘यो दिन चाहिँ प्रेम गर्न चाहनेहरुका लागि भने निकै विशेष हुने गर्दछ ।’ जो व्यक्ति प्रेममा भएर पनि त्यसको महत्व बुझ्न सक्दैनन्, उनीहरुलाई यो एक दिनको सेलिब्रेसनले केही फरक नपार्ने समेत निर्देशक भट्टराईको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?