Comments Add Comment

ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

२९ माघ, काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा बुधबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटरको पछाडि सवार बेलबारी नगरपालिका–१ बस्ने ५९ वर्षीय दिलबहादु खड्का रहेका छन् ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ८६८० नम्बरको ट्रकले को४०प ११७ नम्बरको स्कुटरलाई बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित पूर्वपश्चिम राजमार्गमा ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दिलबहादुरको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मोरङका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । ट्रकको ठक्करबाट स्कुटर चालक सोही ठाउँ बस्ने ५५ वर्षीय नरबहादुर खड्का पनि घाइते भएका छन् ।

ठक्कर दिने ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिइएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment