
२९ माघ, गोरखा । २६ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुकुम चौरजहारी नगरपालिका वडा नम्वर ६ बस्ने २० वर्षीय राज विक र वडा नम्वर ७ का ३४ वर्षीय प्रेमबहादुर नेपाली रहेका छन् ।
बाटोमा हिँडिरहेको समयमा एकान्त ठाउँ पारेर विक र नेपाली मिलेर बलात्कार गर्न खोजेको भन्दै उजुरी परेपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको डीएसपी वासुदेव खतिवडाले बताए ।
उनीहरुविरुद्ध जबरजस्ती करणी उद्योग शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4