Comments Add Comment

‘आमा’लाई सेन्सरमा ‘पशुपति प्रसाद’को जस्तै प्रतिक्रिया

आउँदो शुक्रबार अर्थात फागुणको ९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘आमा’लाई सेन्सर बोर्डबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ । चलचित्रको ट्रेलर र एउटा गीतले निकै नै राम्रो प्रतिक्रिया पाइसकेको छ । चलचित्रको सेन्सरमा समेत उत्कृष्ट प्रतिक्रिया पाएपछि यसका निर्देशक दीपेन्द्र के खनाल उत्साहित छन् ।

अनलाइनखबरसँग कुरा गर्दै दीपेन्द्रले भने–‘मैले चलचित्र पशुपति प्रसाद’ बनाउँदा जुन खालको प्रतिक्रिया सेन्सरबाट पाएको थिएँ, आमाबाट पनि यस्तै प्रतिक्रिया पाए । सेन्सरका सदस्यहरुले चलचित्र उत्कृष्ट बनेको भन्दै प्रतिक्रिया दिनुभयो । चलचित्र हेर्दा अधिकांश सदस्यका आँखा रसाएका थिए ।’

शर्मिला पाण्डेको निर्माणमा तयार भएको यो चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्तको मुख्य भूमिका छ । चलचित्रले एउटा आमाको जीवन भोगाइको कथालाई भन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment