Comments Add Comment

जुमानुको ह्याट्रिकमा पुलिसको जित

Photo Credit : एन्फा

१ फागुन, काठमाडौं । जुमानु राईको ह्याट्रिकसँगै नेपाल पुलिस क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगकाे आफ्नो अन्तिम खेलमा जित हासिल गरेको छ । मंगलबार बिहान भएको खेलमा फ्रेण्ड्सलाई ३–० ले पराजित गर्दै पुलिसले जित दर्ता गराएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा तीनै गोल जुमानुले गरे । उनले ४९ औं, ५४ औं र ८५ औं मिनेटमा गोल गरेका हुन् ।

योसँगै जुमानु यो सिजनमा ह्याट्रिक गर्ने दोस्रा खेलाडी बनेका छन् । ०७० पछि जुमानले लिगमा गरेको यो पहिलो गोल हो । यसअघि थ्री स्टारका संजोक राईले सरस्वतीविरुद्ध ह्याट्रिक गरेका थिए ।

यस सिजन छैटौं जित हात पारेको पुलिसले शीर्ष ६ मा स्थान पक्का गरेको छ ।

१३ खेलबाट २० अंक जोडेको पुलिस पाँचौं स्थानमा उक्लेको छ । अब जावालखेल युथ क्लबको अन्तिम खेलको नतिजाले पुलिसले पाँचौ वा छैटौं हुने टुङ्गो लाग्नेछ । फ्रेण्ड्स भने १३ खेलबाट १४ अंकसहित दशौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment