Comments Add Comment

सख्खर : शरीरको लागि फाइदै फाइदा

सख्खर विभिन्न काममा प्रयोग हुने बहुउपयोगी खाद्य पदार्थ हो । यो उखु पेलेपछि खुदोबाट बनाइने एक किसिमको मिठाई परिकार हो । विशेषगरी तराई र पहाडी भेगमा समेत पाइने उखुको रसलाई निश्चित तापक्रमसम्म उमालेपछि त्यो खुदो बन्ने गर्छ । त्यसलाई पनि थप ताप दिएर पकाएपछि बन्ने परिकार आफैंमा एक बहुउपयोगी परिकार हो ।

प्राचीनकालदेखि नै सख्खरको महिमाबारे धेरै वर्णन पाइन्छ । कतिपय अवस्थामा आयुर्वेदिक चिकित्सकहरुले विविध बिरामीलाई निको पार्नको लागि समेत यसको प्रयोग गर्ने गरेका हुन्छन् । पछिल्लो समय तराईका विभिन्न ठाउँहरुमा सख्खर मदिरा बनाउने काममा पनि प्रयोग गर्ने गरिएको छ । यसका साथै यसको प्रयोग पानीमा मिसाएर खानेदेखि अन्य विभिन्न काममा प्रयोग गर्ने गरिन्छ ।

सख्खर शब्द अरबी शव्दबाट उत्पत्ति भएको हो । भारत र नेपालको समेत तराई भेगमा यसलाई गुंड शब्दले चिन्ने गरिन्छ । जसको अर्थ चिनी भन्ने हुन्छ । यही सख्खर शब्दको नामबाट पाकिस्तानको सिन्ध प्रदेशको एउटा शहरको नाम नै ‘सख्खर’ समेत राखिएको छ । त्यहाँ धेरै उखु खेती हुने भएकोले त्यो शहरको नाम नै सख्खर राखिएको हो ।

किन महत्वपूर्ण छ सख्खरको खपत ?

सख्खरको खपत यसको केही सकारात्मक पक्षहरुसँग सम्बन्धित छ । मानव स्वास्थ्यमा यसले विभिन्न किसिमको सकारात्मक कुराहरुको सञ्चार गर्ने गर्छ । मानव स्वास्थ्यमा सख्खरको महत्वलाई यसरी चित्रण गर्न सकिन्छ ।

१ सख्खर खाँदा ग्यास्टि्रकको समस्या रहँदैन

२ खानापछि प्रायः गुलियो खानेकुरा खानेमन धेरैको हुन्छ । यसको लागि विशेषगरी सख्खर स्वास्थ्यवर्द्धक मान्ने गरिन्छ ।

३ पाचन प्रणालीको लागि सख्खर अति उत्तम खानेकुरा मान्ने गरिन्छ ।

४ सख्खरले शरीरको रगत सफा गर्छ र मेटाबोलिज्मलाई निको पार्छ । दिनहुँ एक गिलास पानी वा दुधको साथ सख्खरको सेवन गर्नाले पेट चिसो हुन्छ । यसले ग्यास्टि्रक कम गराउन मद्दत गर्छ । कसैलाई ग्यास्टि्कको समस्या छ भने तिनीहरूले खाजा वा खानापछि थोरै भएपनि सख्खर खाने गर्नुपर्छ ।

५ सख्खर शरीरमा आइरन-फलाम)को स्रोत पनि हो । त्यसैले एनिमियाका बिरामीहरूका लागि यो धेरै फाइदाजनक हुन्छ । विशेषगरी महिलाहरूको लागि, यसको सेवन एकदम महत्वपूर्ण मानिन्छ ।

६ छालाका लागि सख्खरले रगतबाट नराम्रो विषाक्त पदार्थ हटाउँछ, जसले छालाको चमक बढाउन मद्दत गर्छ ।

७ सख्खर स्वभावैले सर्दी स्वभावको हुन्छ । त्यसैले यसको सेवनले चिसो र कफबाट बच्न पनि मद्दत गर्छ । यदि तपाईं चिसोको समयमा कच्चा सख्खर खान चाहनुहुन्छ भने चियामा पनि यसलाई प्रयोग गर्न सकिन्छ ।

८. उर्जाका लागि सख्खरको सेवनले तपाईंको उर्जाको स्तर बढाउँछ । जब तपाईं धेरै थकित र कमजोर महसुस गर्नुहुन्छ यसको समाधानको लागि पनि सख्खरको प्रयोग गर्न सकिन्छ ।

९. सख्खरले शरीरको तापक्रम नियन्त्रण गर्छ । यसमा एलर्जीलाई कम गर्ने तत्वहरू पाइन्छ । त्यसैले यसको प्रयोग दमका बिरामीहरूका लागि समेत धेरै फाइदाजनक देखिन्छ ।

१० शरीरका अंगहरुको संयुक्त दुखाईबाट छुटकारा पाउनको लागि अदुवाको साथमा सख्खरको टुक्राका साथ प्रतिदिन सेवन गर्नाले तीब्र रुपमा हुने दुखाई कम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment