+
+

सिटिजन्स बैंकले भन्यो– बिवादित बालुवाटार जग्गा धितोमा हाम्रो लगानी छैन

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १ गते १९:०४

१ फागुन, काठमाडौं । बालुवाटारस्थित बिवादित ललिता निवास जग्गा धितोमा राखेर आफूले कर्जा लगानी नगरेको सिटिजन्स बैंकले जनाएको छ । बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै सिटिजन्स बैंकले बिवादित जग्गा धितोमा राखेर कर्जा लगानी नगरिएको बताएको हो ।

‘बालुवाटार जग्गा प्रकरणमा यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नाम जोडेर केहि संचार माध्यमद्वारा सम्प्रेषित समाचारप्रति बैंकको ध्यानाकर्षण भएको छ’ बैंकले जारी विज्ञप्तीमा भनेको छ, ‘यस बैंकले ललिता निवासको कुनै जग्गा धितो राखेर कर्जा प्रबाह नगरेको व्यहोरा जानकारी गराईन्छ ।’

सरकारी जग्गा व्यक्तिको नाममा पास गरि बिक्री वितरण गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसनधान आयोगले १७६ व्यक्तिहरु विरुद्ध मुद्दा दायर गरेको छ । यस बिवादित जग्गामा धितोमा राखेर दर्जन बैंकहरुले २ अर्ब बढी रकम लगानी गरेको अख्तियारले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?