Comments Add Comment

कृषि र सुशासन समितिको बैठकमा पत्रकारलाई रोक

२ फागुन, काठमाडौं । कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकको समाचार संकलन गर्न पत्रकारहरुलाई रोक लगाइएको छ । कृषि समितिको बैठक औपचारिक रुपमा सुरु नहुँदै फोटो र भिडियो खिच्न दिएर पत्रकारहरुलाई बाहिर निकालिएको छ ।

‘आन्तरिक छलफल गर्नु छ’ भन्दै समिति पदाधिकारीले पत्रकारहरुलाई बाहिर निकालेका थिए । अन्तरदेशीय ऊर्जा सम्मेलनको विषय बैठकको कार्यसूची छ ।

सो विषयमा छलफलका लागि ऊर्जामन्त्री वर्षमान पुन, ऊर्जा मन्त्रालयका सचिव र लगानी बोर्डका कार्यकारी प्रमुख महाप्रसाद अधिकारीलाई बैठकमा बोलाइएको थियो । बैठकमा मन्त्री पुन भने सहभागी छैनन् । मन्त्री पुन गृहजिल्ला रोल्पामा छन् । उनी शनिबार काठमाडौंमा फर्किने उनको सचिवालयले जनाएको छ ।

शुक्रबार नै ११ बजे बोलाइएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पनि पत्रकारहरुलाई प्रवेश दिइएको छैन । समितिमा प्राप्त उजुरीहरुका सम्बन्धमा कार्यदलले पेश गरेको सुझावमाथि छलफल गर्ने बैठकको कार्यसूची छ । दिलेन्द्रप्रसाद बडु, रेखा शर्मा र नवराज सिलवाल सदस्य रहेको कार्यदलले पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीको सम्पत्ति छानबिन गर्न सुझाव दिएको छ ।

बिहीबारको बैठकमा सांसदहरुले नेपाली सेना र नेपाल रेडक्रस सोसाइटीमा चरम भ्रष्टाचार रहेको भन्दै छानबिनको आवाज उठाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment