+
+
Shares

मोरङमा दुई जना पुरुष मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २ गते १३:१५

२ फागुन, विराटनगर । मोरङको छुट्टा छुट्टै स्थानमा दुई जना पुरुषको शव फेला परेको छ ।

पथरी शनिश्चरे नगरपालिका – ४ स्थित सम्झना चोकमा रहेको बजारमा स्थानीय ५५ वर्षिय प्रबल गिरी बिहीबार मृत भेटिएका थिए ।

अत्याधिक मादक पदार्थ सेवनबाट उनको मृत्यु भएको हुनसक्ने प्रहरीले बताएको छ । शवको मंगलबारे अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाएको छ ।

शुक्रबार लेटाङ १ धोबीघाटका ६४ वर्षीय बलबहादुर लामिछाने मगर मृत भेटिएका छन् । पाँचथरे खोलामा उनको शव भेटिएको हो ।

दुबै घटनाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?