Comments Add Comment

लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ गुरुयोजना तयार

भवन १० तलाको हुने, अनुमानित लागत ६ अर्ब 

२ फागुन, बुटवल । प्रदेश ५ सरकारले लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ गुरुयोजनाको प्रारम्भिक डिजाइन सार्वजनिक गरेको छ ।

प्रारम्भिक गुरुयोजनाअनुसार अस्पतालको मुख्य भवन १० तलाको हुनेछ । जसमा १२ सय शैया हुनेछन् । गुरुयोजना अनुसार संरचना बनाउन ६ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।

अस्पतालको मुख्य भवनको छतमा हेलिप्याड समेत रहने र हेलिप्याडबाट सिधै इमर्जेन्सीमा झर्ने लिफ्ट समेत बन्ने डिजाइन छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अस्पताल भवनको डिजाइन नक्शा मुख्यमन्त्री सहित मन्त्रीहरु, लुम्विनी प्रादेशिक अस्पतालको नेतृत्व र सरोकारवालासँग सार्वजनिक गरी छलफल भएको छ ।

अस्पतालका ७० वटा सटरमा प्रदेश सरकारको निर्देशनमा अस्पताल प्रशासनले केही दिन अघि डोजर चलाएर भत्काएपछि सरकारको आलोचना भएपछि हतार हतार अस्पतालको भवनको डिजाइन बनाएर सार्वजनिक गरिएको व्यवसाययीहरुको भनाइ छ ।

सटर व्यवसायीहरुले अस्पताल र प्रदेशका मुख्यमन्त्री,सामाजिक विकास मन्त्री लगायतलाई विपक्षी बनाई सर्वोच्चमा मुद्दा दायर गरेका छन् । सर्वोच्चले फागुन ७ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment