+
+
Shares

खैरो हिरोइनसहित कैलालीमा दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ४ गते ११:४०

४ फागुन, कैलाली । कैलाली टीकापुरबाट प्रहरीले लागूऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

टीकापुर नगरपालिका-९ स्थित खक्रौला सडकखण्डमा भारतबाट ल्याउँदै गरेको ३० ग्राम ९०० मिलीग्राम खैरो हिरोइनसहित प्रहरीले लम्कीचुहा नगरपालिका १ भुरुवाका २४ वर्षीय चन्दबहादुर बुढा र सोही ठाउँका २२ वर्षीय रमेश शाहीलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?