Comments Add Comment

प्रदेशको आधारशीला तयार भयो कार्यसम्पादनमा जुटौं : प्रदेश प्रमुख यादव

'प्रदेश संरचनामा अभ्यस्त भैसक्यौं'

४ फागुन, बुटवल । प्रदेश ५ का प्रमुख धर्मनाथ यादवले प्रदेशको आधारशीला तयार भएकाले अब कार्यसम्पादनमा जुट्नु पर्ने बताएका छन् । प्रदेशबाट निर्वाचित जनप्रतिनिधिहरुको सक्रियताले प्रदेश सरकार सञ्चालनको आधारशिला तयार भएको उनको भनाइ छ ।

प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश प्रमुखको कार्यालयद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई शनिबार बेलुका सम्बोेधन गर्दै उनले प्रदेश संरचना नयाँ भए पनि आफूहरु अभ्यस्त भैसकेको बताए ।

द्रुत गतिको विकासका लागि तीन तहबाट प्रयत्न गर्नुपर्नेमा उनले जोड दिए । ‘संघ, प्रदेश र स्थानीय सरकारको सार्थक प्रयत्नले मात्र द्रुत गतिको विकास सम्भव हुन्छ र संघीय ब्यबस्था पनि थप मजबुत बन्छ,’ उनले भने ।

भौतिक संरचना र प्रयाप्त जनशक्ति तथा कानूनका सिमितताका बाबजुत पनि प्रदेश सरकार र प्रदेशसभाले गरेका कार्यहरु प्रशंसनीय काम गरेको उनको दाबी छ ।

सरकारले सामाजिक क्षेत्रमा अवलम्वन गरेका नीति तथा कार्यक्रमहरुको कार्यान्वयनबाट गरीबी घटाउने, सामाजिक सुरक्षा, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा नागरिकको पहुँच बढाउने जस्ता कामहरुमा नतिजा देखिन थालेको समेत उनले बताए ।

सो कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेल, सभामुख पूर्णबहादुर घर्ती, प्रदेशका मन्त्रीहरु, सांसदहरुलगायत बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालय तथा संस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment